०५ साउन २०८३, मंगलबार

पठान फिल्मको विरोध भएपछि सहरुखले भने, 'यो देशभक्ति फिल्म हो'

पुस ३, २०७९
पठान फिल्मको विरोध भएपछि सहरुखले भने, 'यो देशभक्ति फिल्म हो'

शाहरुख खान अभिनित फिल्म पठानको आउने जनवरी २५ मा रिलिज हुन गइरहेको नयाँ फिल्मबारे अहिले भारतीय रंगबजारमा विरोध भइरहेका बेला उनले आफ्नो फिल्मलाई देशभक्ति फिल्म रहेको बताएका छन् । फिल्मको एक गीतमा गरिएको अभिनयलाई लिएर चौतर्फी विरोध भएपछि शाहरुखको यो पछिल्लो भनाइ आएको हो । फिल्म देशभक्तिपूर्ण रहेको र त्यसलाई एक्सनको माध्यमबाट देखाउने प्रयास गरिएको उनको प्रष्टोक्ति छ ।

सिदार्थ आनन्दले निर्देशन गरेको पठान फिल्म शाहरुखको महत्वपूर्ण फिल्म मानिएको छ । उनले लामो समयपछि एक्सन मार्फत फिल्ममा देखिनेभएपछि दर्शकहरु सो फिल्मको प्रतिक्षा गरिरहेका छन् । पछिल्लो समय रिलिज गरिएको सो फिल्मको गीतमा अश्लिल दृश्य देखाइएको भन्दै केही दर्शकले फिल्मको विरोध गर्दैआएका छन् । फिल्ममा दिपिका पादुकोण र जोन अव्राहमले पनि अभिनय गरेका छन् । 

फिल्ममा अश्लील दृश्य देखाइएको भन्दै विहारको मुजफ्फरपुर जिल्ला अदालतमा त्यसको विरुद्धमा रिट दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मको गानाले धार्मिक महत्वलाई कमजोर बनाउने प्रयास गरिएको भन्दै त्यसको विरुद्ध रिट परेको बताइएको छ । यद्यपि त्यसबाट आफूलाई केही फरक नपर्ने शाहरुखले ट्वीटमार्फत जानकारी गराएका छन् । गीतको अभिनयमा दिपिकाले लगाएको कपडाबारेमा धेरैले आपत्ति जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्