०२ साउन २०८३, शनिबार

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने

पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा शुरु हुने ‘१०औँ नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औँ स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । 

योञ्जनका गीतहरूको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए । 

वि.सं २००० मा जन्मिएका गोपाल योञ्जन नेपालका लोकप्रिय र प्रतिभाशाली संगीतकार हुन् । उनले सिर्जना गरेका गीतहरू सदाबहार थिए, जसले अझै पनि नेपाली संगीतको प्रतिनिधित्व गर्दछन् । लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्यूजन, बालगीत, चलचित्र गीत, खेल गीतलगायतका विभिन्न विधामा संगीत सिर्जना गरेका उनले ‘संगीताञ्जली’ र ‘गीतमञ्जरी’ नामका दुईवटा पुस्तक पनि लेखेका छन् । उनले करिब एक दर्जन चलचित्रमा संगीत भरेका छन् । ‘सुप्रबल गोर्खा दक्षिण बाहु’, ‘छिन्नलता गीत पुरस्कार’ लगायतबाट सम्मानित योञ्जनको जण्डिसको उपचारका क्रममा २०५३ साल जेठ ७ गते दिल्लीमा निधन भएको थियो । 

लिटरेचर फेस्टिबलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुति दिनेछन् । यीलगायत सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो । 

‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताइन् । उनले भनिन्, ‘लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौँ । यहीकारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम हाम्रो रोजाईमा पर्ने गर्छन् ।’

लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको बताए । 

उनका अनुसार यसपटकको फेस्टिभलको नारा ‘शब्दशक्ति उत्सवको एक दशक’ रहेको छ ।

पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरू पनि सहभागी हुनेछन् । नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरूसमेत सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्