×

Nic Asia
Dabur
Prabhu Bank

अनियमितताको जालो

सिंहदरबार वैद्यखाना : पुस्तक छपाइदेखि भवन मर्मतसम्म जताततै अनियमितता !

काठमाडाैं | पुस ७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सिंहदरबार वैद्यखाना विकास समितिमा पुस्तक छपाई, भवन निर्माण तथा मर्मतसहितका कार्यहरूमा अनियमितता भएको पाइएको छ ।

yONNEX
IME BANK INNEWS

स्वीकृत वार्षिक कार्यक्रमलाई असार महिनामा संशोधन गरी आफूखुशी रकम खर्चिएको पाइएको हो। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

समितिले  चन्द्रनिघण्टु किताब छाप्दा प्रतिस्पर्धामार्फत बोलपत्र आह्वान गरी छपाउनुपर्नेमा विनाप्रतिस्पर्धा पुस्तक छाप्न लगाएको तथ्य खुलेको हो।

विनाप्रतिस्पर्धा सिधा एक कम्पनीलाई पुस्तक छाप्न लगाएर १४ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।


Advertisment
Lokantar App
Saurya island

२०७८ असार ३ गते लेखापालद्वारा टिप्पणी उठाई चन्द्रनिघण्टु किताबको भाग ६ र भाग ७ प्रकाशनका लागि सूचना प्रकाशन गरिएको थियो। असार महिनामा सूचना प्रकाशन, ड्रइङ, डिजाइन तथा छपाई कार्य गर्न पर्याप्त नपुग्ने कारण देखाई २०७४ फागुन ३० गते चन्द्रनिघण्टु किताब छाप्ने जिम्मा पाएको जुगल प्रिन्टर्स एन्ड ट्रेडर्सलाई यसपटक विनाप्रतिस्पर्धा छाप्न लगाएको तथ्य खुलेको हो। 

समितिले १४ लाख ९० हजार ३१२ रुपैयाँ (भ्याटसहित)को सोझै छपाई गरेर जुगल प्रिन्टर्स एन्ड ट्रेडर्सलाई भुक्तानी गरेको खुलेको हो ।

Vianet communication

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम ५ लाख देखि २० लाख रुपैयाँसम्म्मको सामान खरिद कार्य सिलबन्दी दरभाउपत्र आह्वान गरेर गर्नुपर्ने हुन्छ। तर, विकास समितिले सिलबन्दी दरभाउपत्र आह्वान गर्नुभन्दा पनि सोझै छपाई गरेर भुक्तानी गरेको पाइएको हो।

उक्त विषयमा राष्ट्रिय शतर्कता केन्द्रमा पनि उजुरी परेको थियो। उजुरीका विषयमा समितिसँग केन्द्रले लिखित जवाफ माग गर्दा समय अभावका कारण प्रतिस्पर्धा नगराइएको जवाफ समितिका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले दिएका छन्।

समय अभावका कारण प्रतिस्पर्धा नगराई पहिलेदेखि नै छाप्दै आएको संस्थाबाट छाप्न लगाएको उनले जवाफ दिएका छन्।   

विगतमा पनि जुगल प्रिन्टिङ प्रेससँग सहकार्य गरिएको हुनाले सोही संस्थालाई बोलाई सोही दररेटमा छपाई गर्न आग्रह गरेको जवाफ साहले जवाफ दिएका छन्।

'यस विकास समितिको सम्पत्तिको रूपमा रहेको चन्द्रनिघण्टु किताब कार्यालय प्रमुख र लेखा प्रमुखको बारम्बार फेरबदलको कारण तथा काम गर्दा उजुरी पर्ने डरले छपाई हुन नसकिरहेको अवस्थामा भाग ६ र ७ को संस्करण २०७८ असार महिनाको शुरू हप्तामा मेरो आफ्नै पहलमा सिलबन्दी गरी कार्य समाप्त गर्ने समय एकदम छोटो भएकाले २०७४ सालमा भाग ५ को छपाई गर्दा सिलबन्दी बोलपत्र मार्फत छनोट भएको जुगल प्रिन्टिङ प्रेससँग सहकार्य गरिएको,' साहद्वारा लिखित जवाफमा उल्लेख छ।

भवन रंगरोगन तथा ढलान कार्यमा पनि अनियमितता 

समितिले गरेको अन्य काम कारवाहीका विषयमा समेत राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो। 

समितिले  गुणस्तर शाखामा काममा नआउने दूध डेरीको टेबल ल्याई बजार मूल्यभन्दा १० गुणा रकम भुक्तानी गरेको उजुरी पनि परेको छ ।

त्यसैगरी विना प्रतिस्पर्धा ठूलो रकमको निर्माण कार्यका नाममा भत्काउन पर्ने घर रंगरोगन गरेको र पानी प्रशोधन मशिनको मर्मत भनी ठूलो रकम खर्च गरेको विषय पनि उजुरीमा उल्लेख छ ।

त्यसैगरी चुल्हो भएको भागमा ढल जम्ने बनाएको,पार्किङको निर्माण कार्यमा अनियमितता गरेको, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग गरेको विषय समेत उजुरीमा उल्लेख गरिएको छ ।

ती उजुरीहरूको सन्दर्भमा केन्द्रले समितिबाट राय प्रतिक्रिया माग्दै स्थलगत अनुगमन समेत गरेको थियो।

समितिका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले २०७८ कार्तिक ३ गते उजुरीका सम्बन्धमा राय प्रतिक्रियासहितको जवाफ लेखेर केन्द्रलाई पठाएका थिए ।

भवन रंगरोगन तथा ढलान कार्यमा अनियमितता 

समितिको विभिन्न भवन रंगरोगन तथा ढलान कार्य प्राविधिक कार्य भएकाले लागत अनुमान तयार गरेर कार्य गराउनुपर्नेमा विना लागत अनुमान नै गरेको पाइएको छ।

स्वीकृत वार्षिक कार्यक्रममा संशोधन गरेर निर्माणका कामहरू गरेको पाइएको हो । 

टिकट बिक्री काउन्टर, बिरामी चेकजाँच गर्ने स्थान तथा हाललाई हलुका सवारी चालकको परिवारसहित बस्दै आइरहेको आवासीय भवन जीर्ण अवस्थामा रहेको, ढलानबाट पानी चुहिएर भवन भत्किने अवस्था रहेको, दुईवटा सेफ्टी ट्यांकी मेत जीर्ण भएको हुनाले कोटेसन माग गरी न्यूनतम् दररेटमा काम गराएको साहले जवाफ दिएका छन्। 

त्यसैगरी तल्लैपिच्छेका ट्वाइलेट तथा बाथरूम टुटफुट भई सो समेत मर्मत गर्न आवश्यक भएको अवस्थामा २०७८ असारमा कार्यक्रम संशोधन गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५(१) अनुसार कोटेसन माग गरी न्यूनतम् दररेटमा काम गरेको उनले जवाफ दिएका छन्।

त्यसैगरी पानी प्रशोधन मशिन मर्मत गर्ने सन्दर्भमा पानी प्रशोधन स्थानमा रहेका ठूल्ठूला २ वटा ट्यांकी ५-१० वर्षदेखि सफा नभएर हिलो आउने गरेको, प्रशोधन स्थानमा जडान भएका मशिन काम नलाग्ने भएकाले ५ वटा नयाँ मशिन जडान गरिएको साफको जवाफमा उल्लेख छ। त्यसैगरी भीसीएल २ वटा परिवर्तन गरिएको, पानी सप्लाई हुने पाइपहरू चुहिने भएकाले सो समेत फेरिएको उनले जवाफ दिएका छन् ।

प्रशोधनबाट आएको पानी औषधि उत्पादनलगायत कार्यालय प्रयोजनमा प्रयोग हुने गरेको जवाफमा उल्लेख छ ।

एमसीभी तथा स्क्र्याटर समेत बिग्रिएर फेरि मर्मत गरी वाटर ट्रिटमेन्टमा रंगरोगन र सरसफाई समेत गरी बोरिङबाट पानी तान्न देखिएको समस्याको समाधान गरी निरन्तर औषधि उत्पादन तथा कार्यालयको शौचालयसमेतमा पानी कम हुने अवस्थाबाट मुक्त गरिएको उनको जवाफमा उल्लेख छ । 

भवनको छतहरूमा बिरुवा लगाइएको र बालुवाहरू रही पानी जाम भई सिपेज तथा पानी जम्ने, पाइपहरू टुटफुट भई पानी चुहिएर जीर्ण अवस्था भएकाले भवनको मर्मत गरिएको साहले जवाफ दिएका छन् ।

सरकारी सम्पत्तिको प्रयोग निजी कामका लागि गरिएको भन्ने विषयमा जवाफ दिँदै उनले आयुर्वेदिक औषधि उत्पादनका लागि कच्चा पदार्थको खोजी तथा उत्पादन भएको औषधिहरूको प्रदेश र स्थानीय तहमा बिक्री वितरणको सम्भावना खोजीका लागि केही स्थानमा गएको र त्यसलाई निजी काम भनिएको उनले बताएका छन् ।

साहले आफ्नो अनुकूल हुने गरी जवाफ दिएको भए पनि राष्ट्रिय सतर्कता केन्द्रले भने पुस्तक छपाइदेखि विभिन्न निर्माण कार्यमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

'प्रतिस्पर्धा नै नगरी पुस्तक छपाउने काम नियमविपरीत भएको देखिन्छ,' केन्द्रको प्रतिवेदनमा भनिएको छ, 'साथै भवन निर्माण, ढलान तथा रंगरोगन आदिको काम लागत अनुमान तयार गरी गर्नुपर्नेमा विना लागत अनुमान कार्य गरेको देखिएकाले ती कार्यहरू कानूनको दायराभित्र छन् भन्न सकिएन ।'

साथै प्रतिस्पर्धा सीमित हुन नदिन बोलपत्र आह्वान गरी सार्वजनिक खरिद ऐन र नियमावलीमा उल्लेख भएका प्रावधानहरूलाई इमान्दारितापूर्वक पालना गर्न केन्द्रले वैद्यखाना विकास समितिलाई निर्देशन दिएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
फागुन १५, २०७९

नागरिकता र सिटरोलमा समस्या देखिएको भन्दै नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका डीआईजी ज्ञवालीले पह...

फागुन २१, २०७९

तत्कालीन मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सिद्धबाबाको वैकल्पिक मार्ग बनाउन झुम्सा–चौकीभन्ज्याङ–चरङ्गे सडकमा बजेट विनियोजन गरे । पहिलो वर्ष १० करोड रुपैय...

चैत ५, २०७९

नेपाल राष्ट्र बैंकले एक भवन निर्माणको बोलपत्र आह्वान गर्दा कुनै खास निर्माण व्यवसायीलाई अनुकूल हुने गरी योग्यता निर्धारण गरेको थियो । बोलपत्र आह्वान गर्दा निर्माण व्यवसायीले 'बिल्डिङ प्रोजेक्ट'मा काम गरेक...

चैत ७, २०७९

गत फागुन २८ गते सिरुवा कन्स्ट्रक्सन प्रालिलाई तीन फरक-फरक ठेक्काका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्यो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय कालीगण्डकी करिडोर (बेनी–जोमसोम&nd...

फागुन २४, २०७९

नेपालमा वायुसेवा कम्पनी त छन्, तर बजारमा उत्पादन भएर आउने नयाँ पाइलटलाई रोजगारी दिने कम्पनी छैनन् । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले जे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलट...

फागुन २८, २०७९

उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी जनमत पार्टीकी ममता झा साझा प्रकाशनको भवन निर्माण अनियमिततामा मुछिएको लामो समय बिते पनि अझै अनुसन्धान पूरा भएर कारबाही हुन सकेको छैन ।   उनी साझा प्रकाशनको ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x