०५ साउन २०८३, मंगलबार

नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश पारित भएको छ । बैंकले बिहीवार राजधानीमा आयोजना गरेको ३६औँ वार्षिक साधारणसभाबाट गत आव २०७८÷८९ को नाफाबाट यस्तो लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । 

बैंकले गत वर्षको नाफाबाट ७ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको निर्णयलाई साधारण सभाले स्वीकृति दिएको हो ।

बैंकले गत वर्ष गरेको ६ अर्ब २८ करोडको सञ्चालन नाफा गरेको थियो । यस्बाट बैंकले ३ अर्ब ७९ करोड खुद नाफा कमाएको थियो । बैंकले यस्तो नाफाबाट बोनस शेयरका लागि ७३ करोड २३ लाख र नगद लाभांशको लागि १ अर्ब २८ करोड १५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्