१० साउन २०८३, आइतबार
सर्बिया-कोसोभो तनाव

युरोपमा अर्को युद्धको जोखिम : किन रुस र युक्रेनकै बाटोमा जाँदैछन् सर्बिया र कोसोभो ?

युरोपमा अर्को युद्धको जोखिम : किन रुस र युक्रेनकै बाटोमा जाँदैछन् सर्बिया र कोसोभो ?

युक्रेन युद्धका कारण थला परेको युरोपमा सर्बिया–कोसोभो तनाव चर्किएपछि थप जोखिम आइलागेको छ । 

कोसोभोसँगको सीमामा सर्बियाले आफ्ना सैनिकहरूलाई उच्च सतर्कताको अवस्थामा तैनाथ गरेको छ । उत्तरी कोसोभोमा सर्बियालीहरूले सडकमा ट्रक तेर्स्याएर अवरोध गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले ती ट्रक हटाउनका लागि माग गरेको भए पनि सर्बियालीहरूले टेरपुच्छर लगाएका छैनन् । 

कोसोभोमा बहुसंख्यक अल्बानियाली मूलका मुसलमानहरूको बसोबास छ । तर उत्तरी भागमा चाहिँ सर्बियाली मूलका मानिसहरू बस्छन् । त्यही उत्तरी भागमा लामो समयदेखि विवाद चलिरहेकोमा अहिले त्यो चर्किएर युद्ध नजिक पुगेको हो । 

सर्बियासँग एकदमै घनिष्ठ सम्बन्ध राख्ने सर्बियाली जातिका अल्पसंख्यक मानिस उत्तरी कोसोभोमा बस्छन् । कोसोभोलाई उनीहरू राज्य नै मान्दैनन् । 

तर कोसोभोको संसदमा उत्तरी कोसोभोका चारवटा नगरपालिकाबाट १० वटा सीट छुट्ट्याइएको छ । कोसोभो सरकारमा सर्बियाली जातिका दुईजना मन्त्री छन् । 

सन् १९९० मा कोसोभो युद्ध अन्त्य भएदेखि नै त्यहाँको सरकारले उत्तरी भाग नियन्त्रणमा लिन सकेको छैन । इबार नदी भन्दा उत्तरतर्फको क्षेत्रमा लगभग ६० हजारजनाको बसोबास छ । त्यहाँको सरकारको नियन्त्रण नभएकाले कानून व्यवस्था राम्रो छैन । 

त्यसैले गर्दा त्यहाँ व्यापक रूपमा अपराध हुने गरेको छ । कोसोभो सरकारले अपराध नियन्त्रणका लागि भन्दै सुरक्षाकर्मीहरू त्यहाँ परिचालन गर्ने गरेको छ । 

सर्बियाली मूलका कोसोभो प्रहरी अधिकृतहरूलाई पक्राउ गरिएपछि अहिलेको तनाव चर्केको हो । पक्राउ परेका एकजना व्यक्तिले उत्तरी कोसोभामा रहेको मित्रोभिचा शहरस्थित निर्वाचन आयोग परिसरमा बम आक्रमण गरेको आरोप कोसोभोको अभियोजन कार्यालयले लगाएको छ । पक्राउ परेका प्रहरीलाई रिहा गर्नुका साथै सरकारले परिचालन गरेको विशेष प्रहरी इकाइ पनि फिर्ता लैजान माग गर्दै सर्बियालीहरूले विरोध गरिरहेका छन् । 

सर्बियाली मूलका कोसोभो प्रहरी अधिकृतहरूलाई पक्राउ गरिएपछि अहिलेको तनाव चर्केको हो । पक्राउ परेका एकजना व्यक्तिले उत्तरी कोसोभामा रहेको मित्रोभिचा शहरस्थित निर्वाचन आयोग परिसरमा बम आक्रमण गरेको आरोप कोसोभोको अभियोजन कार्यालयले लगाएको छ । पक्राउ परेका प्रहरीलाई रिहा गर्नुका साथै सरकारले परिचालन गरेको विशेष प्रहरी इकाइ पनि फिर्ता लैजान माग गर्दै सर्बियालीहरूले विरोध गरिरहेका छन् । 

अल्पसंख्यक सर्बियालीहरूले स्थानीय निर्वाचन रोक्नका लागि यो आक्रमण गरेको बताइएको छ । नोभेम्बर महिनामा कोसोभोका विभिन्न निकायबाट सबै सर्बियालीहरूले राजीनामा दिएपछि स्थानीय तथा राष्ट्रिय तहमा निर्वाचन गर्नुपर्ने भएको थियो ।

त्यसक्रममा उत्तरी कोसोभाका सबै चारजना मेयरले राजीनामा दिएका थिए भने सयौं सर्बियाली प्रहरी अधिकृतहरू पनि राजीनामा दिएर निस्केका थिए । सर्बियाली न्यायाधीशहरू पनि अदालत जान छोडेका थिए । 

कोसोभोका प्रधानमन्त्री आल्बिन कुर्तीले उत्तरी कोसोभोमा नयाँ लाइसेन्स प्लेटसम्बन्धी नियम ल्याउन खोजेको विरोधमा सर्बियालीहरूले सामूहिक राजीनामा दिएका थिए । सर्बियाली अधिकारीहरूले जारी गरेको लाइसेन्स प्लेट हटाएर कुर्तीले गाडीहरूमा कोसोभोका प्लेट राख्ने नियम ल्याएपछि त्यसको चर्को विरोध गरिएको थियो । 

कुर्तीले आफ्नो निर्णय सिद्धान्ततः सही भएको तर्क गरेका थिए । सर्बियाले कोसोभोको लाइसेन्स प्लेटलाई स्वीकार नगर्ने हुनाले कोसोभोले पनि सर्बियाको लाइसेन्स प्लेटलाई मान्यता दिन नहुने उनको भनाइ छ । तर सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिच र कोसोभामा रहेका सर्बियालीहरूका लागि यो ‘जातिसफाया’ को तयारी थियो । 

नयाँ लाइसेन्स प्लेट जारी गर्ने निर्णय हालका लागि स्थगित गरिएको छ अनि स्थानीय निर्वाचन पनि तत्काल नगर्ने कुर्ती सरकारले निर्णय लिएको छ । यसका लागि उसलाई युरोपेली संघ र अमेरिकाले दबाब दिएका थिए । पश्चिमले सर्बियालाई तनाव घटाउनका लागि आह्वान गरेको छ तर सर्बियाले मानेको छैन । 

सर्बियाले आफ्नो सेनालाई उच्च सतर्कताको स्थितिमा राखेको भए पनि तिनलाई तैनाथ नै गर्ने सम्भावना चाहिँ छैन । हालैका वर्षमा राष्ट्रपति भुचिचले धेरैपटक आफ्ना सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा राखेका छन् । 

डिसेम्बर महिनाको मध्यमा सर्बियाली सरकारले सर्बियाली प्रहरी तथा सैनिकहरू कोसोभार भूभागमा तैनाथ गर्नका लागि केएफओआर अर्थात् नेटोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय शान्तिसेनालाई आधिकारिक रूपमा अनुरोध गरेको थियो । 

सन् १९९९ मा सर्बियाले नेटोसमक्ष आत्मसमर्पण गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ग्रहण गरेको प्रस्ताव १२४४ बमोजिम यस्तो अनुरोध गर्न मिल्छ । उक्त प्रस्तावले केही सय कानून कार्यान्वयन अधिकारीलाई कोसोभो पठाउन पाउने अनुमति दिन्छ तर केएफओआरले त्यसमा सहमति दिनुपर्ने हुन्छ । 

भुचिच स्वयंले पनि आफ्नो यो प्रस्तावलाई अस्वीकार गरिने सम्भावना रहेको बताएका छन् । विश्लेषकहरूका अनुसार, उनी प्रचारबाजी गरिरहेका छन् । उनी आफूलाई सबै सर्बियालीहरूको मसिहाका रूपमा चिनाउन चाहन्छन् । 

उनले सैन्य विकल्पलाई गम्भीर रूपमा विचार गरेका हुन् भने पनि त्यो बेकार छ किनकि त्यसले कोसोभोमा तैनाथ अन्तर्राष्ट्रिय प्रहरी तथा सैन्य इकाइसँग प्रत्यक्ष भिडन्तको स्थिति ल्याउँछ ।

द्वन्द्वको समाधान छ त ?

पश्चिमले बढी दबाब दिए पनि यस द्वन्द्वको समाधानको कमै मात्र आशा गर्न सकिन्छ । दुवै पक्ष आआफ्ना अडानमा दृढ छन् । बेलग्रेड (सर्बियाको राजधानी) ले कोसोभोको स्वतन्त्रतालाई कदापि स्वीकार गर्दैन भने प्रिस्टिना (कोसोभोको राजधानी) ले आफूहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने हो भने मात्र सर्बियालीहरूसँग वार्ता गर्नुको सार्थकता रहने बताउने गरेको छ । 

युरोपेली संघका २२ वटा सदस्य राष्ट्रसहित १०० भन्दा कम मुलुकले कोसोभोलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । संयुक्त राष्ट्रसंघको सदस्य बन्नका लागि कोसोभोलाई सर्बियाले मान्यता दिनुपर्ने हुन्छ किनकि सर्बियाका सहयोगी मुलुक रुस र चीनसँग सुरक्षा परिषदमा भिटो पावर छ । 

फ्रान्स र जर्मनीले कोसोभोको हैसियतका विषयमा सम्झौता गर्ने प्रस्ताव पेश गरेका छन् तर यसको विस्तृत विवरण उपलब्ध छैन । भित्रियाहरूका अनुसार, यो प्रस्ताव सन् १९७२ मा संघीय गणतन्त्र जर्मनी तथा जर्मन लोकतान्त्रिक गणतन्त्रबीचको आधारभूत सन्धिमा आधारित छ । 

त्यसअनुसार, सर्बियाले कोसोभोलाई स्पष्ट रूपमा मान्यता दिनुपर्र्दैन तर उसले कोसोभोको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई स्वीकार गर्नुपर्छ अनि अन्तर्राष्ट्रिय संगठनहरूमा कोसोभोको सदस्यतालाई रोक्न पाउँदैन । 

दुवैलाई युरोपेली संघमा जोडिनका लागि छुट रहेको भनी फकाउन खोजिएको छ । सर्बियाले ईयूमा जोडिनका लागि आधिकारिक निवेदन दिएको छ तर त्यसको प्रक्रिया सुस्त छ । कोसोभो अहिलेसम्म ईयू सदस्यताको उम्मेदवार हैन तर उसले निवेदन दिन चाहिँ खोजेको छ । 

युक्रेन युद्धको प्रभाव

फेब्रुअरी महिनादेखि नै रुसले सर्बियासँगको निकट सम्बन्धलाई उपयोग गर्दै बाल्कन क्षेत्रमा दोस्रो मोर्चा खोल्ला कि भनी युरोपले चिन्ता लिइरहेको थियो । कोसोभाका प्रधानमन्त्री कुर्तीले रुस जस्तै सर्बिया पनि यस क्षेत्रमा सर्बियाली दुनियाँ बनाउने सपना देख्छ भनेका छन् । सर्बियाका राष्ट्रपति भुचिच चाहिँ कुर्तीले सानो जेलेन्स्की जस्तै व्यवहार गरिरहेको आरोप लगाउँछन् । 

सर्बियाले रुसविरुद्ध कुनै प्रतिबन्ध नलगाएकाले युरोपेली संघलाई रिस उठेको छ । विभिन्न सर्वेक्षणले देखाएअनुसार, ८० प्रतिशत सर्बियालीहरू भ्रातृराज्य रुसमाथि यस्तो प्रतिबन्ध लगाउन नहुने सोच राख्छन् (रुस र सर्बिया दुवैमा समान स्लाभ जातिका मानिस बस्छन्) । सर्बिया रुसी ग्यासमा मात्र निर्भर रहेको नभई कोसोभोको सवालमा पनि उसलाई रुसको सहयोग आवश्यक छ । 

सर्बियाले रुसविरुद्ध कुनै प्रतिबन्ध नलगाएकाले युरोपेली संघलाई रिस उठेको छ । विभिन्न सर्वेक्षणले देखाएअनुसार, ८० प्रतिशत सर्बियालीहरू भ्रातृराज्य रुसमाथि यस्तो प्रतिबन्ध लगाउन नहुने सोच राख्छन् (रुस र सर्बिया दुवैमा समान स्लाभ जातिका मानिस बस्छन्) । सर्बिया रुसी ग्यासमा मात्र निर्भर रहेको नभई कोसोभोको सवालमा पनि उसलाई रुसको सहयोग आवश्यक छ । 

तर सर्बियाली अर्थतन्त्रको अधिकांश भाग पश्चिममुखी छ । सर्बियामा रहेका जर्मन कम्पनीहरूले लगभग ७५ हजार रोजगारी दिएका छन् । जर्मन चान्सलर ओलाफ शोल्ज सहितका पश्चिमी राजनीतिकर्मीहरू बाल्कन क्षेत्रमा रुसी प्रभावलाई खुम्च्याउन चाहन्छन् । 

कुर्तीले आउँदो वसन्त याममा सर्बिया र कोसोभोबीच विस्तृत सम्झौता हुने अपेक्षा गरिएको बताएका छन् । तर अहिलेको परिस्थिति हेर्दा त्यो अति आशावादी सोच मात्र देखिन्छ ।

डीडब्ल्यू डट्कममा प्रकाशित सामग्रीलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्