×

NMB BANK
NIC ASIA

भोलिदेखि रिलिज हुने ‘डिसेम्बर फल्स’लाई मल्टिप्लेक्समा सुखद् शोज, कस्तो गर्ला ओपनिङ ?

पुस १४, २०७९

NTC
Premier Steels

भोलि (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आउँदैछ ।

Muktinath Bank

‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज हुन लागेको ‘डिसेम्बर फल्स’प्रति ठूलो अपेक्षा राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रविण झाको निर्देशन रहेको यस फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण टिममा छ । 


Advertisment
Nabil box
Kumari

यसैबीच, मल्टिप्लेक्स हलहरुले फिल्मको अग्रिम टिकट बूकिङ खुलाएका छन् । फिल्मलाई मल्टिप्लेक्सले सुखद् शोज दिएका छन् । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले फिल्मलाई प्रदर्शनको पहिलो दिन देशभर २९ शोज दिएको छ ।

Vianet communication

फिल्मलाई वान सिनेमाज, बीग मुभिजले पनि राम्रै शोज उपलब्ध गराएका छन् ।

लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ । 

अभिनेता आर्यन र अभिनेत्री उपासना पनि फिल्मलाई लिएर निकै आशावादी देखिन्छन् । यद्यपि, खासगरी वर्ड अफ माउथ बलियो देखियो भने फिल्मले राम्रो कमाई गर्नेछ । फिल्मले गर्ने ओपनिङको अनुमान भने यसै गर्न सकिँदैन् । 

फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् । महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

‘डिसेम्बर फल्स’मार्फत आर्यन र उपासनाले फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x