
आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरूलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो ।
यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरूले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ ।
पुरानो प्रयोगकर्ताहरूले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गई दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्ने बताइएको छ । नयाँ प्रयोगकर्ताहरूले एप डाउनलोड गरेलगत्तै सो फिचर प्राप्त गर्न सक्नेछन् ।
यसपश्चात प्रयोगकर्ताहरूले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सकिने छ । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरूले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् ।
आइएमई पे
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट बञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।