
‘दुई नम्बरी’ निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने भएकी छिन् ।
यस वर्षको सफल फिल्म ‘दुई नम्बरी’मा पनि अभिनेत्री ठकुरी शीर्ष भूमिकामा थिइन् ।
निर्माता नेपाली र अभिनेत्री ठकुरीबीच बुधवार लिखित सम्झौता भएको हो ।
फिल्ममा लागि दयाहाङ राई र सौगात मल्ल यसअघि नै फाइनल भइसकेका छन् । सिमोस सुनुवारले यस फिल्मलाई निर्देशन गर्नेछन् ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र व्यवसायी अमलादेवी राई निर्माता रहने फिल्मको चैतदेखि छायांकन सुरु हुने जनाइएको छ ।
उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ हलमा प्रदर्शनरत छ ।