२९ असार २०८३, सोमबार

‘चि मुसी चि’ फिल्मलाई मल्टिप्लेक्समा सुखद् शो, तान्ला त दर्शक ?

‘चि मुसी चि’ फिल्मलाई मल्टिप्लेक्समा सुखद् शो, तान्ला त दर्शक ?

मल्टिस्टारर हरर–थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’ भोलिदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । 

प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय रहेको चलचित्रले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।

यो चलचित्रले मल्टिप्लेक्स हलहरुमा सुखद् शो प्राप्त गरेको छ । क्यूएफएक्स चेनले चलचित्रलाई प्रदर्शनको पहिलो दिन ३४ शो उपलब्ध गराएको छ । वान सिनेमाज, विग मुभिज लगायतले पनि चलचित्रलाई सुखद् शो दिएका छन् । 

यद्यपि, सुखद् शो प्राप्त गर्दैमा चलचित्रले राम्रो व्यापार गर्छ भनेर भन्न भने​ सकिँदैन् ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘डिसेम्बर फल्स’ले पनि मल्टिप्लेक्समा सुखद् शो पाएको थियो । तर, चलचित्रले सुरुवाती दिनमै दर्शकलाई हलसम्म तान्न नसक्नु र चलचित्र हेरेका दर्शकहरुले पनि राम्रो प्रतिक्रिया नदिनुले चलचित्रको व्यापार राम्रो हुन सकेन् ।

अन्ततः मल्टिप्लेक्सले चलचित्रको शोमा कटौती गर्नुपर्यो ।

‘चि मुसी चि’ले पाएको शो टिकाइराख्न भने ‘वर्ड अफ माउथ’ बलियो हुनुपर्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ कस्तो हुन्छ त्यसका लागि भने शुक्रबारसम्म कुनुपर्ने हुन्छ ।

यस चलचित्रलाई लिएर कलाकारहरू एकदमै उत्साहित छन् । 

अरुण चक्रवर्ती प्रस्तुतकर्ता रहेको चलचित्रमा मर्ण जेम्स र यश सैनीको संयुक्त कथा, पटकथा एवं निर्देशन छ ।

रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीले चलचित्रमा लगानी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्