मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए ।
उनले पहिलो भेटमै संस्थामा यो र त्यो भन्ने हुँदैन, बाहिर को कहाँ छौं आफ्नै स्थानमा छ, त्यसको वास्ता छैन र गर्नु पनि हुँदैन तर संस्थानभित्र छिरेपछि संस्था नै हुनुपर्छ, म पनि त्यस्तै हुनेछु, तपाईंहरूले पनि त्यस्तै बन्नुपर्ने हुन्छ भन्ने निर्देशन दिए । केही समयसम्म ठीकै थियो, जस्तो भने त्यस्तै गरे तर एकाध महिनापछि नै सल्लाहकार बनेर २ जना माओवादी सज्जन संस्थानमा छिरे । त्यसपछि भने पत्रकार तथा सम्पादक समेत उनीहरूका निगरानीमा पर्न थाले ।
लगत्तैजसो गोपालको सरुवा लेखरचनाबाट समाचार शाखामा भयो । सायद उनीहरूलाई गोपाललाई लेखरचना शाखामा राख्नु हुँदैन भन्ने निर्देशन मन्त्रालयबाटै आएको हुनुपर्छ । किनभने मन्त्रालयका हाकिमहरूका नजर उसमाथि पहिलेदेखि नै राम्रो थिएन । कृष्णसेन ईच्छुक स्मृति अंक निकाल्न हिच्किचाउँदा बसेको तुष मोहन वैद्य ‘किरण’को लेख जस्ताको त्यस्तै छाप्न सकिन्न भन्ने बेलासम्म राम्रैसँग फैलिइसकेको थियो ।
उनीहरूका दृष्टिमा ऊ प्रतिगामी थियो, प्रतिगामीकै कित्तामा कित्ताकाट भइसकेको थियो । बराल थरी उग्र अध्यापकले कार्यकक्षमै आएर अहिले मुलुकमा गिरिजाप्रसाद कोइराला र प्रचण्डभन्दा ठूलो मानिस को छ भन्दै थर्काएकै हुन् ।
समाचार शाखामा सरुवा भएपछि पनि उसमाथिको निगरानी कम भएन । अरू कुनै निहुँ नपाएपछि उसले लेख्दै आएको पाक्षिक स्तम्भ बन्द गर्नुपर्छ भन्न थालेका थिए उनीहरू । कारण उसले लामो समयदेखि अध्यात्म दर्शन सम्बन्धी स्तम्भ लेख्दै आएको थियो । उनीहरूले त्यसलाई पनि पचाउन सकेनन् र यस्ता लेखकलाई लेख्नै प्रतिबन्ध लगाउनुपर्छ भनेका रहेछन् सम्पादकलाई, जुन पछि सम्पादककै मुखबाट सुनेको हो उसले ।
धन्न तत्कालीन सम्पादकले एउटा लेखकलाई लेख्नै प्रतिबन्ध लगाउन त मिल्दैन, अर्कै विषयमा लेख्न लगाउन भने सकिन्छ भनेका रहेछन् र मात्रै कलमै बन्द गर्नुपर्ने नौमत आएन ।
समय बित्दै गयो । दलहरूले आपसी विश्वास कायम राख्न सकेनन् र बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर दोस्रो संविधानसभा निर्वाचन गराउने जिम्मा दिए । उनी र उनको टीमले छोटो समयमै पुनः संविधानसभा निर्वाचन सम्पन्न गराउने काम मात्र गरेनन्, प्रशासनिक सुधारका कामतिर पनि राम्रै ध्यान दिइएको थियो । उनकै कार्यकालमा सार्वजनिक संस्थानका कार्यकारी प्रमुख नेताहरूको खल्तीबाट नियुक्त हुने परम्परा बन्द गरी खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने नियम लागू भएको थियो तर त्यसले निरन्तरता पाउन सकेन । कारण चाँडै नै दलहरूले यसलाई तोडी पुनः कोटको खल्तीबाटै नियुक्ति गर्ने परम्परा शुरू गरे । सायद यो परम्परा अहिलेसम्म पनि कायमै हुनुपर्छ ।
जेहोस्, त्यतिबेला मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक संस्थानमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्त हुन थाले । बिस्तारै यसको हावा गोपालको संस्थासम्म पनि आइपुग्यो । खुला प्रतिस्पर्धाबाट अर्कैै कुनै सरकारी संस्थानको अवकाश प्राप्त कोइराला थरी हाकिम महाप्रबन्धक भएर आए । उनले आएपछि सर्वप्रथम धरासायी भइसकेको संस्थानको आर्थिक अवस्था सुधार्न थाले । त्यति बेलासम्म संस्थान आर्थिक रूपले यति बढी जर्जर भइसकेको थियो कि लामो समयसम्म रगत–पसिना बगाएका पत्रकार तथा कर्मचारीले अवकाश पाएपछि पाउनुपर्ने बिदा तथा उपदान बापतको रकम पाउन समेत ३–४ वर्ष लाइनमा बस्नुपर्ने भइसकेको थियो ।
उनले यसलाई सुधार गरी आफ्नै कार्यकालमा तत्कालै भुक्तानी दिन सकिने अवस्थामा पुर्याए । यसबाहेक संस्थानको दीर्घकालीन हितपरक कार्यतिर पनि चासो दिए । सुनिन्छ अहिलेसम्म पनि संस्था त्यसैको व्याजमा टिकिरहेको छ ।
गोपालको आफ्नो ३० वर्षे कार्यकालमा उल्लेख गर्न लायक पाएको २ वटा हाकिममा उनी पनि एउटा हुन् । उनीबाहेक अर्का एक जना श्रेष्ठ थरका थिए, जो हाल छैनन् तर उनले पनि संस्थाको हित खातिर दिलो ज्यान दिएकै हुन् । यी २ बाहेक अरू जसरी आए, त्यसैगरी गए । जागिर खान आएका थिए, आफूले पनि खाए आफ्नालाई पनि खुवाएर गए । अझ केहीले त संस्थालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पनि बाँकी राखेनन् तर उनीहरू त्यस्ता थिएनन् । मन्त्रीले भने भन्दैमा आएका जतिलाई नियुक्ति दिँदै जाने हो भने संस्थानको भुँडी फुट्छ भन्थे, उनीहरूका तोक आदेशलाई टेबुलको घर्राबाटै तुहाइदिन्थे । बरू यसबापत मन्त्रीको कोपभाजनमा पर्न तत्पर भए, तैपनि विवेकलाई बन्दकी राखेनन्, राख्न सकेनन् ।
त्यतिबेलासम्म विभिन्न आरोह–अवरोह झेल्दै गोपालले दशौं तहको कार्यकारी सम्पादकमा बढुवा पाइसकेको थियो । तत्कालीन प्रबन्ध सम्पादकले अनिवार्य अवकाश लिएकाले खाली पदमा गोपालको छनोट भयो । आफू प्रबन्ध सम्पादक भएपछि उसले दैनिक प्रशासनिक कामको अलावा संस्थानका पत्रकार तथा समाचारदाताहरूको तालिमतिर ध्यान दिन थाल्यो तर तत्कालै आएको महाभूकम्पका कारण पूरा गर्ने अवसर पाएन । पछि आउने साथीहरूले पूरा गरे रे भन्नेसम्म सुनिएको थियो, के कसो हो उनीहरू नै जानुन् ।
वैशाख १२ गते आएको महाभूकम्पले सबैलाई त्राहीत्राही बनायो । कतिको ज्यान गयो, कतिको उठीवास भयो । गोपाललाई भने घरायसी समस्याको चिन्ताभन्दा पनि भोलिको पत्रिका निकाल्न सकिन्छ कि सकिन्न भन्ने चिन्ता बढी थियो । करीब २ बजेतिर महाप्रबन्धसँग फोन सम्पर्क भयो । उनी पनि यस्तै चिन्ता गरिरहेका रहेछन् । उसले तपाईं पनि आउनुस् म पनि आउँछु हेरौं के गर्न सकिन्छ भनेर फोन राख्यो ।
फोन राख्नासाथ उ मोटरसाइकल लिएर अफिसतिर लाग्यो तर बाटो पाइसाध्य कहाँ थियो र ? बाटोमा थुप्रिएको घर तथा पर्खालको भग्नावशेष पन्छाउँदै ४ बजेतिर बल्ल अफिस पुग्यो । त्यतिबेलासम्म महाप्रबन्धक र केही साथीहरू जम्मा भइसकेका रहेछन् । तत्कालै काम बाँडफाँट गरी साथीहरूलाई काममा लाग्न आग्रह गर्यो । साथीहरू सीमित मात्रामा उपस्थित हुन भ्याएका भए पनि आपसमा होस्टे र हैंसे गरी भोलिपल्ट ८ पेजको पत्रिका निकाल्न सफल भयो तर सम्पादकको ५ दिनसम्म नाक–मुखै देखिएन ।
एकाध पटक गोपालले फोन सम्पर्क गरी समस्या बताउन नखोजेको होइन तर उनले सुन्नै चाहेनन् । उल्टै पत्रिका ननिस्के निस्किन्न, निकाल्ने जिम्मा थोरै हाम्रो मात्र हो भन्दै फोन राखे ।
छैटौं दिनमा देखा त परे तर असहज अवस्थामा पनि किन पत्रिका निकाल्यौ भन्ने जस्तो पारामा बम्किन थाले । यसैका निहुँमा टेबुल ठोकाठोकसम्मको अवस्था आयो । त्यसपछि उनले काममा खासै ध्यान दिएनन् । आउँदै हाजिर गर्र्दै, फर्कंदै गर्न थाले । केही समयपछि नै अनिवार्य अवकाश लिएर घरतिर लागे । त्यसपछि पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी समेत उसकै काँधमा आयो तर राजनीतिक खिचातानीका कारण उसको कार्यकाल त्यति लामो भने रहेन । त्यस्तै ५–७ महिनाको अन्तरालमा साहित्यिक विभागमा सरुवा भएर गयो ।
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...