२२ असार २०८३, सोमबार

समीक्षा लेख्छिन्, – देशमा साइबर अपराधको कानून पनि छ

समीक्षा लेख्छिन्, – देशमा साइबर अपराधको कानून पनि छ

गायिका समीक्षा अधिकारीले केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी छिन् । नकारात्मक कमेन्ट धेरै आउँदा उनले केही समय सामाजिक सञ्जालमा ‘कमेन्ट अफ’ समेत गरेकी थिइन् । उनलाई नकारात्मक कमेन्टहरू आउने क्रम अझै पनि सेलाएको छैन । 

यद्यपि, अब भने उनले आफूलाई नकारात्मक कमेन्ट गर्नेहरुविरुद्ध साइबर ब्यूरोमा उजुरी दिने संकेत गरेकी छिन् । 

गायिका अधिकारीले आइतवार फेसबुकमा स्टाटस् लेख्दै भनेकी छिन्, ‘मान्छेहरू हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन् । महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।’

उनले आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले ठूलो फरक नपार्ने भन्दै अगाडि लेखेकी छिन्, ‘नकारात्मक कमेन्ट जति गर्छौ गर । देशमा साइबर अपराधको कानून पनि छ ।’

गायिका अधिकारीले पछिल्लो समय सामाजिक सञ्जालमा मात्र होइन्, सांगीतिक क्षेत्रमा समेत सक्रियता बढाएकी छिन् । उनले स्वर दिएका एकपछि अर्को गीतहरु युट्युबमा सार्वजनिक भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्