२२ असार २०८३, सोमबार

इन्भेष्टमेन्ट र मेगा बैंकको कारोबार आजदेखि दुई दिन बन्द

इन्भेष्टमेन्ट र मेगा बैंकको कारोबार आजदेखि दुई दिन बन्द

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको कारोबार आजदेखि दुई दिन बन्द हुने भएको छ । यही पुस २७ गते दुई बैंकबीच एकीकृत कारोबार हुने भएकाले दुई दिन दुई वटै बैंकको सेवा बन्द हुने भएको हो । 

बैंकले एक सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि  पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएको छ ।
 दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्