
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले राजीनामा दिएका छन् ।
उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् ।
२०८१ चैतमा नेप्सेको सीईओ पदमा नियुक्त भएका चापागाईंले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।