×

NMB BANK
NIC ASIA

सन्दीप लामिछाने प्रकरण– अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण

पुस २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी बालिग भएको प्रमाण अस्पतालले पठाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको विवरणमा किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो ।


Advertisment
Nabil box
Kumari

अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०६१  जेठ १८ उल्लेख रहेको देखिएको वकिलहरूको दाबी गरेका थिए । त्यो अहिले आएर पुष्टि भएको छ । 

Vianet communication
Laxmi Bank

भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिनु सन्दीपका लागि सुखद् खबर हुनसक्छ ।

केही दिनअगाडि नुवाकोटबाट ती युवतीको वडाले पठाएको पहिलो जन्मदर्ताको विवरणमा पनि सोही जन्म मिति उल्लेख रहेको ती वकिलले बताउ ।

पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ । 

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।

‘पीडित नाबालिग नभएको तथ्य हामीले फेला पारेका छौं । प्रमाण हामीसँग छ । त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रिमालले भनेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x