३१ असार २०८३, बुधबार

सन्दीप लामिछाने प्रकरण– अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण

सन्दीप लामिछाने प्रकरण– अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी बालिग भएको प्रमाण अस्पतालले पठाएको छ ।

आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको विवरणमा किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।

पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो ।

अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०६१  जेठ १८ उल्लेख रहेको देखिएको वकिलहरूको दाबी गरेका थिए । त्यो अहिले आएर पुष्टि भएको छ । 

भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिनु सन्दीपका लागि सुखद् खबर हुनसक्छ ।

केही दिनअगाडि नुवाकोटबाट ती युवतीको वडाले पठाएको पहिलो जन्मदर्ताको विवरणमा पनि सोही जन्म मिति उल्लेख रहेको ती वकिलले बताउ ।

पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ । 

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।

‘पीडित नाबालिग नभएको तथ्य हामीले फेला पारेका छौं । प्रमाण हामीसँग छ । त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रिमालले भनेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्