२३ असार २०८३, मंगलबार

वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण

वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण

कामना न्यूज पब्लिकेसन्स्को ३९ औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८ औं वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार ३ सयभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र द रोलिङ स्टोन्स स्कुलको सहआयोजनामा भीमेस्थानस्थित केन्द्रीय कार्यालयमा शिविर आयाजना गरिएको थियो । स्वास्थ्य शिविरमा कामनाकर्मी, द रोलिङ स्टोन्स स्कुलका विद्यार्थी तथा अभिभावकसहित सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । 

स्वास्थ्य शिविरमा सहभागीहरूलाई विशेषज्ञहरूबाट आँखा, नाक कान, घाँटी, छाला, हाडजोर्नी तथा नशा, स्त्रीरोग, दाँत, बालरोग, साधारण शल्यक्रिया, साधारण स्वास्थ्य परीक्षण, ईसीजी, भिडियो एक्स–रे, ल्याब परीक्षणको सेवा प्रदान गरिएको थियो । 

कार्यक्रममा स्वास्थ्य शिविर आयोजना समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दैआएको बताए । उनले वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्ने जानकारी दिए ।   

नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका निम्ति सहयोग गर्ने काठमाडौं मेडिकल कलेज, लाइफ लाइन हेल्थ केयर होमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।   

काठमाडौं मेडिकल कलेजका बजार व्यवस्थापक प्रेम सुवालले शिविरमा धेरै सहभागीको समस्या पत्ता लागेको जानकारी दिँदै  थप उपचारका लागि के एमसी अस्पतालमा आएको शल्कक्रियातर्फ ५० प्रतिशत छुट र अन्य परीक्षणमा २५ प्रतिशत एक वर्षसम्म छुट दिएर उपचार गरिने जानकारी गराए । 

शिविरमा प्राविधिक सहयोग गर्ने काठमाडौं, मेडिकल कलेज,  लाइफ लाइन हेल्थकेयर होम तथा चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्