२६ असार २०८३, शुक्रबार

शाहरुख स्टारर ‘पठान’को ट्रेलरलाई लोभलाग्दो भ्युज

शाहरुख स्टारर ‘पठान’को ट्रेलरलाई लोभलाग्दो भ्युज

बलिउड सुपरस्टार शाहरुख खानको चलचित्र ‘पठान’प्रति दर्शकको लोभलाग्दो क्रेज देखिएको छ । 

मंगलवार सार्वजनिक ‘एक्सन प्याक्ड’ ट्रेलरले युट्युबमा पाएको भ्युज हेर्दा चलचित्रप्रति दर्शक कति प्रतीक्षित छन् भन्ने देखाउँछ ।

ट्रेलर सार्वजनिक भएको २४ घण्टामा झण्डै ३ करोड भ्युज पाइसकेको छ । १ लाख ६५ हजार बढी प्रतिक्रियाहरू आएका छन् ।

सार्वजनिक ट्रेलरमा शाहरुखसँगै जोन अब्राहम र दीपिका पादुकोण एक्सन अवतारमा प्रस्तुत छन् । उनीहरुको धमकेदार एक्सन सिनले दर्शकलाई उत्सुकता जगाउन सफल छ । 

यशराज फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन एवं आदित्य चोपडाले निर्माण गरेका हुन् । शाहरुख यसै चलचित्रमार्फत झण्डै ५ वर्षपछि कमब्याक गरेका हुन् ।

जनवरी २५ मा यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्