बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आइपुगेकी छिन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेकी उनले नेपाल आउन पाउँदा खुशी लागेको बताइन् ।
उनी आज बेलुका हुने ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’ मा सहभागी हुनेछिन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने उक्त एक्स्पोको फेसन रनवेमा मलाइका शो स्टपरको रुपमा प्रस्तुत हुनेछिन् । जहाँउनले नेपाली गहना र पहिरनमा र्याम्प वाक गर्नेछिन् ।
विमानस्थलमा अवतरण गरेपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नेपाल बसाई छोटो रहेको बताइन् । यद्यपि, छोटो बसाइकै क्रममा पनि नेपालबारे धेरै बुझ्ने प्रयास रहने बताइन् ।
‘म यसै इभेन्टमा हुनेछु । नेपाल बसाईमा यहाँको फेसन, संस्कृति, फिल्म, संगीतबारे धेरै कुरा बुझ्ने प्रयास गर्नेछु’ उनले भनिन् ।
नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । मलाइका बलिउडकी फेसन कन्सस अभिनेत्री हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्त छन् ।