०५ साउन २०८३, मंगलबार

मोतीलाल दुगडको जन्मदिनमा उनका कर्मचारीले रोपे ५० हजार बिरुवा

मोतीलाल दुगडको जन्मदिनमा उनका कर्मचारीले रोपे ५० हजार बिरुवा

एभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७६ औं जन्म उत्सवको अवसरमा दुगड़का सम्पूर्ण कर्मचारीले वृक्षरोपण गरेका छन्।

वातावरणमैत्री शैलीमा प्रकृतिको आवश्यकताअनुसार बिग्रँदै गएको वातावरणलाई ध्यानमा राखी गत वर्ष ७५ औँ जन्म उत्सवको अवसरमा गरिएको प्रतिबद्धतास्वरूप ५० हजार बोटबिरुवा रोपेको जनाइएको छ।

देशका विभिन्न ठाउँमा रहेका दुगड ग्रुपका शाखाहरूबाट ६ सय ६६ युनिट रगत संकलन गरिएको थियो। त्यसैगरी सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको आँखा शिविरमा कुल ९५० जनाको आँखा जाँच गरिएको थियो भने ६३ जनाको निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरिएको थियो। ​

यसैगरी वीरगञ्जमा रहेको मानव सेवा आश्रमका ६४ जना वृद्धालाई दिवा भोजनसमेत व्यवस्था गरिएको थियो र प्रदेश २ पथलैया बारा जिल्लामा ट्राफिक बिट पोस्ट बनाएर प्रहरीलाई हस्तातरण गरिएको थियो। 

यस वर्ष भने दुगड़ ग्रुपको हाइड्रोपावर तथा प्रशारण लाइन सञ्चालित रामेछाप तथा सोलुखुम्बु जिल्लाअन्तर्गतका विभिन्न सामुदायिक वनहरूमा आधिकारिक रुपमा डिभिजन कार्यालय रामेछाप तथा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रिय कार्यालय, सिंगटी दोलखाको सिफारिसमा वृक्षरोपण कार्य सम्पन्न गरिएको भएको ग्रुपले जनाएको छ। 

साथै उक्त हाइड्रोपावर क्षेत्रका स्थानीय बासिन्दालाई करिब ३०० वटा विभिन्न फलफूल प्रजातिका विरुवाहरू निःशुल्क रुपमा समेत वितरण गरिएको थियो।

लिखु – ए परियोजना अवलोकन गर्ने गरी पर्यटक र बटुवाहरूलाई विश्राम गर्न र बाँध अवलोकन गर्न सकिने ठाउँमा गोल राम्रा ३ सेडहरू र लिखु – २ को बाँध र लिखु – १ को पावर हाउस अवलोकन हुनेगरी सेल्फी डाँडामा पर्यटक र बटुवाहरूको विश्रामस्थल निर्माण गरिएको छ। साथै भँडार अस्पतालमा आधुनिक एक्सरे मशिन उपलब्ध गराइएको छ। ​

त्यसैगरी अटो डिभिजनअन्तर्गत नेपालभरिका विभिन्न स्थानहरूमा कर्मचारीद्वारा वृक्षरोपण गरी विभिन्न प्रजातिका बोट विरुवाहरूको स्याहार, सम्भार तथा उचित हेरचाह सहितको रिपोर्ट नै तयार पारिएको छ।

जसअन्तर्गत काठामाडौंको बालाजुमा अवस्थित औद्योगिक क्षेत्र परिसरमा गत वर्ष रोपिएका १६० वटा बोट विरुवा, यसैगरी केदारनाथको शिर डोलेश्वर महादेव भक्तपुरमा रोपिएका ५५ वटा र बाँकी देशका विभिन्न शाखाहरूमा २८५१ वटा गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल संख्या ३०६६ वटा बोट विरुवा वृक्षरोपण गरिएको छ।

अर्को वर्ष अर्थात् ७७ औं जन्म उत्सवको अवसरमा फेरि पनि थप ५०,००० बोट विरुवाहरूको वृक्षरोपण गर्ने लक्ष्य ग्रुपले राखेको छ।

salt training

कमेन्ट गर्नुहोस्