चीनको एक होटलमा बसेका ग्राहकको ल्यापटप चोरी भएपछि उनले कठोर बदला लिएको भिडियो भाइरल भएको छ ।
ल्यापटप चोरी भएपछि रिसाएका ग्राहकले आफ्नो स्पोर्ट्स कार चलाएर होटलको ढोका फुटाइदिएका थिए । अनि उनले लबीमा नै कार दौडाएर सामान तहसनहस बनाइदिएका थिए ।
होटलका कर्मचारीलाई पनि उनले बेस्सरी गाली गरेका थिए ।
सेतो रंगको कार शीशाको ढोका फुटाएर होटलभित्र पसेको भिडियोमा देखिन्छ ।
शाङ्हाई शहरको मध्यभागमा रहेको होटलमा काण्ड भएको हो । ग्राहकले जथाभावी कार दौडाउँदा लबीमा राखिएका सामान ध्वस्त भएका थिए । सुरक्षाकर्मीहरूले उसलाई रोक्न खोज्दा ऊ झनै रिसाएर गाडी जथाभावी दौडाउन थालेको थियो ।
ग्राहकको नाम चन हो । ल्यापटप हराएपछि उनले होटल कर्मचारीहरूसँग झगडा गरेका थिए ।
प्रहरीले चनलाई हिरासतमा लिएको छ र अनुसन्धान थालेको छ ।
On Jan 10 a car crashed into the lobby of Jinling Purple Mountain Hotel Shanghai (上海金陵紫金山大酒店) in Lujiazui, Pudong after the driver, a guest at the hotel, had a spat with hotel staff over his notebook computer which purportedly went missing in his room. pic.twitter.com/ExOaAPTtJK
— Byron Wan (@Byron_Wan) January 11, 2023