×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

सन्दीप छुट्दा पल शाहको चर्चा

जेलभित्र पल शाहको फरक 'लुक्स': छोटो कपाल, फिट शरीर; फ्यानदेखि साथीभाइसम्मलाई सोधीखोजी

काठमाडाैं | पुस २९, २०७९

NTC
Argakhanchi Cement
पृष्ठभूमिमा कारागार : सौजन्य– रासस, पल शाहको तस्वीर : पुरानो संग्रहबाट
Premier Steels
TVS INSIDE

अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण परेका शाह शुरूमा केही समय प्रहरी हिरासतमा बसेपछि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पछि नवलपुर जिल्ला अदालतले साढे २ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला अदालत तनहुँमा भने मुद्दा विचाराधीन अवस्थामा छ ।

चलचित्र र म्युजिक भिडियोमा छाइरहेका ‘स्टार’ अभिनेता पल जेलमा सामान्य कैदीबन्दीसँगै बस्छन् । शुरू–शुरूमा उनलाई भेट्न दिनहुँ आफन्त, साथीभाइ र चलचित्रकर्मीको भीड लाग्ने गरेको थियो ।


Advertisment
cg elex island
Saurya island

पछिल्ला दिनमा भने उनलाई भेट्न जानेको संख्या केही घटेको छ । तर, केही व्यक्ति भने पलसँग नियमित भेटघाटमा छन् ।

पललाई भेट्न पुगिरहनेमध्येमा पर्छन्, छायाँकार अर्जुन तिवारी । उनले पलले अभिनय गरेका एक सयभन्दा बढी म्युजिक भिडियो खिचेका छन् । 

Vianet communication
IME BANK INNEWS

लामो समयदेखि पलसँग निकट रहेका उनले अहिलेसम्म २०/२२ पटक कारागार पुगेर पललाई भेटेका छन् । उनी यसै साता पनि पललाई भेट्न तनहुँ पुगेका थिए ।     

भेटमा पलले प्रायः चलचित्र, म्युजिक भिडियो र साथीभाइहरूको विषयमा सोधीखोजी गर्ने गरेको अर्जुनले लोकान्तरलाई बताए ।

 कस्ता भएका छन् पल ?

तिवारीका अनुसार पलले कपाल काटेर छोटो–छोटो बनाएका छन् । उनी न दुब्लाएका छन्, न मोटाएका । शरीर उस्तै देखिन्छ ।

‘मैले उसमा परिवर्तन त्यस्तो केही देखिनँ,’ छायाँकार अर्जुनले भने, ‘अलिकति निराशजस्तो देखिनुचाहिँ स्वाभाविक हो ।’ 

मोडल विजय पुन समेत पललाई भेट्न ८/९ पटक तनहुँ पुगेका छन् । उनले पनि पल पहिलेजस्तै रहेको र कपाल काटेका कारण 'लुक्स' फरक देखिएको बताए । 

‘शरीर पहिलेजस्तै हो । तर, कपाल काटनुभएका कारण डिफरेन्ट लुक्समा देखिनुहुन्छ’ विजयले भने । 

‘भेट्न पुग्नेसँग हाँसीखुशी प्रस्तुत हुन्छन्’

आफूलाई भेट्न पुग्नेहरूसँग पल हाँसीखुशी प्रस्तुत हुन्छन् । केही समयअघि गायक हेमन्त शर्मा पललाई भेट्न तेस्रोपटक तनहुँ कारागार पुगेका थिए । 

‘मसँग भेट्दा पहिले पनि हाँसेर कुरा गरेका थिए, पछिल्लोपटक हँसिलो नै पाएँ,’ हेमन्तले भने । उनका अनुसार पलको शारीरिक अवस्था ठीक देखिएको छ । 

हेमन्तले आफूहरूको भेटमा सामान्य कुराकानी भएको, तर उनको दैनिकीबारे भने कुराकानी नभएको बताए । 

साथीभाइ भेट्दा शुरूमा खुशी हुने पल छुट्ने बेलामा भने निराश हुने गरेका छन् ।

‘हामीहरू पुग्दा पीडा देखाउनुहुन्न । हाँसेरै प्रस्तुत हुने गर्नुभएको छ । तर, छुट्टिने बेला उहाँको आँखामा पिलपिल आँसु देखिन्छ,’ पलसँग नजिक रहेका मोडल विजय पुनले लोकान्तरसँग भने ।

दैनिकी कसरी बिताउँछन् ? 

पललाई हिरो भनेर कारागारभित्र सबैले माया गर्ने गरेको उनलाई भेटेर फर्किएकाहरू बताउँछन् । कारागारभित्र पलले केही समय शारीरिक व्यायाम गर्दा रहेछन् । 

दिउँसोको समयमा साथीहरूसँग कुराकानी, ब्याटमिन्टन, कारमबोर्ड लगायतका खेलमा उनको समय बित्ने गरेको छ ।

कारागारभित्र केही समय टेलिभिजन समेत हेर्न पाइने रहेछ । टेलिभिजनमा पलले उपलब्ध भएसम्म फिल्म र म्युजिक भिडियो हेर्ने गरेका छन् ।

टेलिभिजन हेर्दै गर्दा कहिलेकाहीँ उनैले अभिनय गरेको म्युजिक भिडियो पनि आउँछ, त्यो भिडियो हेर्दा उनी भावुक हुने गरेको कारागार स्रोतले बतायो ।

उपलब्ध भएसम्मका पत्रपत्रिका समेत पढ्ने पलले जेलभित्रै केही फिल्मको स्क्रिप्ट समेत हेरिरहेको छायाँकार अर्जुनले खुलाए ।

पलसँग छायाँकार अर्जुन तिवारी (रातो पोशाक) : फाइल फोटो

‘चलचित्रको स्क्रिप्ट पढ्ने, खेल खेल्ने, टीभी हेर्ने रहेछन्,’ उनले भने, ‘धेरैवटा उपन्यास पढिसकेको मसँगको भेटमा बताए । पछिल्लो समय हरिवंश आचार्यद्वारा लिखित पुस्तक ‘चिना हराएको मान्छे’ पढेर सकाएका रहेछन् ।’

कारागारभित्र सबै ठिकै रहेको उनले आफूलाई भेट्न पुग्नेहरूसँग बताउने गरेका छन् । परिवारका सदस्यले उनलाई आवश्यक कुरा लगिदिन्छन् । साथीभाइ पनि उनलाई मन पर्ने खानेकुरा र पुस्तक बोकेर पुग्ने गरेका छन् ।

‘मैले आफू जाँदा कहिलेकाहीँ पुस्तक, कहिलेकाहीँ उसलाई मनपर्ने खानेकुरा लगिदिन्छु,’ अर्जुनले भने, ‘अन्य साथीभाइमार्फत पनि पठाइरहेको हुन्छु ।’

अर्जुनले फ्रुट्स्, मःम, सुकुटी ईत्यादि खानेकुरा लगिदिने गरेको बताए । 

‘पछिल्लोपटक चाहिँ काठमाडौंबाट गुँदपाक लगिदिएको थिएँ । त्यो भन्दा अगाडि पुष्टकारी लगिदिएको थिएँ,’ उनले भने ।

प्रत्येक भेटमा म्युजिक भिडियो र चलचित्रबारे सोधीखोजी

आफूलाई भेट्न पुग्ने संगीतकर्मी र कलाकारहरूसँग पलले गीतसंगीतबारे सोधीखोजी गर्ने गरेका छन् । चलचित्रकर्मीहरूबाट चलचित्र क्षेत्रको बारेमा बुझ्ने गरेका छन् । 

‘कुन गीत कत्तिको चलिरहेको छ, पछिल्लो समय हिट गीत कुन भयो भनेर उसले एकदमै चासो राख्छ । कुन चलचित्र फ्लोरमा गएको छ, कुन–कुन चलचित्र राम्रो चल्यो भनेर पनि उसले सोधीखोजी गर्छ,’ छायाँकार अर्जुन भन्छन्, ‘प्रत्येक भेटमा चलचित्र र गीतसंगीतबारे चासो राखेको पाउँछु ।’

अर्जुनका अनुसार पलले आफ्ना फ्यानहरूबारे एकदमै चासो दिने गरेका छन् । साथै आफूसँगै काम गरेका प्राविधिकदेखि निर्देशकसम्मलाई सोध्छन् । आफूले काम गर्दाका प्राविधिक तथा सामान्य सहयोगीहरूका बारेमा उनले बढी सोधखोज गर्ने गरेका छन् ।

बाहिर हुँदाको व्यस्ततालाई उनले एकदमै मिस गरिरहेको अर्जुनले बताए ।

आशावादी छन्, पल

हेमन्त शर्मासँगको भेटमा पलले सोधेका रहेछन्, ‘पछिल्लो समय कलाकारहरूले, दर्शकहरूले मलाई कस्तो नजरले हेर्छन् ? उहाँहरूको माया घटेको होला हैन दाइ ?’

'त्यस्तो नहोला' भन्ने जवाफ दिँदै हेमन्तले सोधेका रहेछन्, ‘तिमी लाई के लाग्छ ? मनमा के छ ?’ जवाफमा पलले न्याय पाउने विश्वास देखाएको हेमन्तले बताए ।

‘न्याय पाउँछु भन्नेमा ऊ आशावादी रहेको पाएँ,’ हेमन्तले लोकान्तरसँग भने ।

पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चलेको थियो ।

नवलपुरबाट बलात्कारको अभियोग पुष्टि नभए पनि यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तथा १० लाख जरिवाना सुनाइएको छ ।

तनहुँबाट भने फैसला हुन बाँकी छ । उनको मुद्दाको अर्को पेसी माघ ३ गतेलाई तोकिएको छ ।

यस्तै मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने उच्च अदालतको आदेशमा २० लाख धरौटी तिरेर शुक्रवार रिहा भएका छन् ।

सन्दीप रिहा भएपछि पलका समर्थक पनि आशावादी भएको सामाजिक सञ्जालमा देखिन्छ । पलको मुद्दामा ३ गते नै फैसला आउन सक्ने सम्भावना छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

राहदानी विभागले सेवा सहज बनाउन भन्दै पहल थालेको जनाएको छ । जसअनुसार विभागले माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने जनाएको छ ।  &n...

माघ १६, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आज शहीद दिवसले शहीदहरुले जनता र देशका लागि गरेको सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन् ।  “सहिद ...

माघ १४, २०७९

कास्कीको पोखरास्थित सेती खोचमा यती एयरको विमान दुर्घटनामा परी हराइरहेका १ जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको...

माघ १५, २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले छिटो राष्ट्रपतिको निर्वाचन गरी अहिले देखिएको संशयको घेरालाई तोड्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै खड्काले दायाँबायाँ नसोची फागुन २८ भित्रै राष्ट्रपत...

माघ १५, २०७९

शहीद दिवस–२०७९ को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले ज्ञात अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । आज शहीद दिवसको अवसरमा उनले सो श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।  “जहानियाँ राणा शा...

माघ १५, २०७९

नक्कली मदिरा बनाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेकाहरूको कनेक्सन अहिले फेरि त्यस्तै आरोपमा पक्राउ परेकाहरूसँग रहेको पाइएको छ । आज (आइतवार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रामा नक्कली...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x