×

NMB BANK
NIC ASIA

दुर्घटनास्थल छेउका बासिन्दा भन्छन्- 'पाइलटले बस्ती नजोगाएको भए हाम्रो पनि ज्यान जान्थ्यो' (भिडियो)

माघ १, २०७९

NTC
Premier Steels

पोखरा महानगर पालिका वडा नम्बर ७ घारीपाटनकी गंगा मरासिनी बराइली घरमा कपडा धोइरहेकी थिइन्, त्यति बेला अचानक उनको घरसँगै टासिएर प्लेन सेती खोलाको खोंचमा झर्‍यो। 

Muktinath Bank

उनका छोराछोरीहरू भने घरमा टीभी हेरिरहेका थिए। त्यही बेला आइतबार बिहान करिब ११ बजेको समयमा यती एयरलाइन्सको विमान अचानक सेती खोंचको भित्तामा ढ्वाङ गरी बजारियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७२ जना सवार विमान दुर्घटना भएको स्थानदेखि ७० मिटर दूरीमा मात्र उनको घर छ।


Advertisment
Nabil box
Kumari

'एकाएक ठूलो आवाजसहित प्लेन ढ्वाङ झर्‍यो। के भयो भयो हेर्न खोजेको, ठूलो आगोको मुस्लो आउन थाल्यो,' उनले लोकान्तरसँग भनिन्, 'बाहिर हेर्दा आगोको मुस्लो देखेपछि म त ठूलो आवाजमा चिच्याउन थालेँ।'

Vianet communication

प्लेन उनकै घरछेउमा खसेपछि उनले हत्त न पत्त प्रहरीको १ सय नम्बरमा फोन पनि गरिन् तर फोन भने लागेन।

'मैले सय नम्बरमा फोन पनि गरें तर फोन लाग्दै लागेन,' उनले थपिन्,'पछि ५ देखि १० मिनेटमै प्रहरीहरूको टोली उद्धार गर्न त्यहाँ  आइपुग्यो।'

आफ्नो घरको ५ फिटजति मात्र उचाइबाट प्लेन खसेको उनले सुनाइन्। 'पाइलटले बस्ती जोगाउन नै सेतीको खोँचमा लगेर खसालेको हुनुपर्छ,' उनले भनिन्, 'घटनापछि धेरैले हाम्रो घर र हामी परिवारका सदस्यहरू भाग्यले बाँच्यौं भनेर पनि भनिरहेका छन्।' 

अझ आज चाडपर्व मकर संक्रान्तिको दिन भएकाले उनको नन्द, भान्जाभान्जी पनि आएका थिए। उनका श्रीमान्, छोरा-छोरी, सासु-ससुरा सहित ७ जना आज घरमा थिए।'अलिकति पनि यताउति हुँदो हो त हामी सपरिवारको ज्यान जान सक्थ्यो,' डरमिश्रित भावमा उनले भनिन्।

उनीजस्तै कल्पना सुनार पनि भाग्यले नै बाँचेको बताउँछिन्। उनले आफ्नै घर पछाडिकै बाँसघारीमा जहाज ठोक्किएको बताइन्। 'म घरबाहिर कपडा धुइरहेकै बेला एकाएक मेरो घरकै माथिबाट प्लेन घोप्टो पर्दै आयो,' उनले भनिन्, 'के भयो भन्दै हल्ला के गरेकी थिएँ, मेरै घर पछाडिको बाँस घारीमा प्लेन ढ्वाङ बज्रियो।' ​

एकैछिनमा जताततै आगो, धुँवा भयो। 'के गर्ने नगर्ने सोच्न थालें, फेरि आफ्नै बच्चा कता गए भन्नेतिर ध्यान गयो,' उनले थपिन्,'बच्चालाई थुनेर बाहिर जाने कुरा पनि भएन।' एकदमै डरलाग्दो स्थिति बनेको उनले सम्झिइन्। 'भाग्यले हामी बाँच्यौं, नत्र हाम्रो घरमै प्लेन बज्रिन्थ्यो,' उनले भनिन्,'केही समय त डरले के गर्ने नगर्ने भन्ने अन्योल नै भयो।'

एकैछिनमा पुलिस आएर तत्काल उद्धार गर्ने काममा लागेको उनले बताइन्।

त्यही घरकै छेउकी जमुना बस्नेत पनि भाग्यले नै बाँचेको बताउँछिन्। काँखमा बच्चासहित घरमा बसिरहेकी बेला प्लेन खसेपछि उनी बच्चालाई बोकेरै बाहिर आइन्। 'बाहिर आउँदा बाँसघारीमा आगो लागेको, सेती खोंचको भीरमा आगोको ठूलो मुस्लो देखें,' उनले भनिन्,'डरलाग्दो दृश्य देखेर म त जोर जोरले रुनै लागें।'

घटनास्थल उनीहरूको घरबाट ७० मिटरजति दूरीमा मात्र छ। अलिकति पनि प्लेन पहिले खसेको भए ती घरहरूमा नै जहाज खस्ने अवस्था हुन्थ्यो। त्यसो भएको भए थप मानवीय क्षति हुन सक्थ्यो।

घटनास्थलभन्दा ८ सय मिटरको दूरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ भने ५ सय मिटरको दूरीमा आन्तरिक विमानस्थल छ।

आइतबार भएको उक्त विमान दुर्घटनामा परी ६८ जनाको मृत्यु भइसकेको छ भने ४ जनाको अवस्था अज्ञात छ।

काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरण हुनुभन्दा २ मिनेट पहिले दुर्घटनाग्रस्त भएको थियो।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x