
सनराइज क्यापिटलले आफ्नो सेवाको ३० वर्ष पूरा गरेको अवसरमा विशेष छुट योजना ल्याएको छ।
नेपालको मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा २०४९ माघ १ गते एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्चालनमा आएको क्यापिटलले सनराइज क्यापिटलको नामबाट कारोबार थालेको हो।
सनराइज बैंकले प्राप्ति गरेपश्चात् २०६७ सालमा एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनी एनसीएम मर्चेण्ट बैँकिङ सनराइज क्यापिटलमा रुपान्तरण भएको हो।
३० वर्ष पूरा गरेको उपलक्ष्यमा ल्याइएका छुट योजनाहरू २०७९ साल माघ १ गतेदेखि लागु हुने क्यापिटलले जनाएको छ।
निःशुल्क डिम्याट खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट, ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि ३० दिनका लागि निःशुल्क प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पाइनेछ।
साथै, पहिलो ३० जना ग्राहकहरूलाई निःशुल्क, संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट दिइने जनाइएको छ।
सनराइज क्यापिटलले हाल दुई वटा म्युचुअल फण्ड 'सनराईज फर्स्ट म्युचुअल फण्ड' र 'सनराइज ब्लूचिप फण्ड' को व्यवस्थापन गर्दै आइरहेको छ भने नयाँ म्युचुअल फण्ड 'सनराइज फोकष्ड इक्विटी फण्ड' निष्काशनको क्रममा छ।
हाल कम्पनीले मर्चेण्ट बैंकिङ कारोबारअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आइरहेको छ ।