×

NMB BANK
NIC ASIA

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौं : नवनियुक्त मन्त्री गिरी

माघ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मंगलवार पदभार सम्हालेका छन् ।

Muktinath Bank

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदभार सम्हाल्दै उनले २ महत्त्वपूर्ण निर्णय गरेका छन् । सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उनले पहिलो निर्णय गरेका छन् । अर्को उनले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेका छन् ।


Advertisment
Nabil box
Kumari

दुवै निर्णय स्वीकृत गर्दै उनले गरीब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने बताए । उनले गाउँ र शहरमा एकै किसिमका सेवा उपलब्ध गराउने मापदण्ड सहयोगी बन्ने बताए ।

Vianet communication
Laxmi Bank

मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने स्पष्ट गरे । 

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पनि मंगलवारै पदभार ग्रहण गरेकी छन् । स्वास्थ्यमन्त्री गिरीसँगै राज्यमन्त्री डा. कार्कीले पनि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड र राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेकी छन् ।

राज्यमन्त्री डा. कार्कीले संविधानले सुनिश्चित गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने बताइन् । उनले कोही पनि पैसाको अभावले उपचार गर्नबाट वञ्चित हुनुनपर्ने उल्लेख गरेकी छन् ।

आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्था तथा अस्पताललाई न्यूनतम सेवा मापदण्डको कार्यान्वयन सुनिश्चित गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णय गरिएको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।

नवनियुक्त मन्त्री गिरी गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट पर्वतबाट निर्वाचित भएका थिए ।

आमा सीता गिरी र बेल गिरीबाट पर्वत जिल्ला कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका मन्त्री गिरी अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका उनी सोही क्याम्पसको स्ववियु सभापति समेत भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x