२३ असार २०८३, मंगलबार

‘बहिरो’ भनी अस्पतालले हेपेकी महिलाले पाइन् लगभग साढे २ करोड रुपैयाँ क्षतिपूर्ति (भिडियो)

माघ ४, २०७९
‘बहिरो’ भनी अस्पतालले हेपेकी महिलाले पाइन् लगभग साढे २ करोड रुपैयाँ क्षतिपूर्ति (भिडियो)

अमेरिकाको मिनेसोटामा रहेको एक अस्पतालले कान सुन्न नसक्ने एक महिलालाई जागिर दिन नमानेपछि २ करोड ३६ लाखभन्दा बढी रकम क्षतिपूर्ति दिनुपर्ने भएको छ । 

काइला भोग्ट नामक ती २६ वर्षीया महिलाको पक्षमा अमेरिकाको मिनियापोलिस जिल्ला अस्पतालले क्षतिपूर्ति फैसला सुनाएको हो । नर्थ मेमोरियल हेल्थ नामक अस्पतालले कुनै गलत काम नगरेको बतायो तर महिलालाई क्षतिपूर्ति दिन चाहिँ तयार भयो ।

रोबिन्सडेलमा रहेको अस्पतालमा भोग्टले बिरामीको स्वागतकर्ता बन्नका लागि निवेदन दिएकी थिइन् । तर उनी योग्य भए पनि उनले ओठ पढ्न नसक्ने भन्दै अस्पतालले जागिर दिन मानेको थिएन । कोभिड महामारीको समयमा मानिसहरूले मास्क लगाउने भएकाले भोग्टले उनीहरूको ओठ पढ्न नसक्ने हुनाले जागिर दिन अस्पताल अनकनाएको हो । 

भोग्टले कान सुन्न नसक्ने भएकाले अरूको ओठको हाउभाउ हेरेर अर्थ निकाल्नुपर्ने हुन्छ । 

अस्पतालले जागिर नदिएपछि भोग्टले हीलिङ साइन्स नामक गैरनाफामूलक संस्था खोलेकी छन् । त्यसले जागिर पाउन संघर्ष गर्ने बहिरा तथा सुस्तश्रवणहरूलाई मनोपरामर्श दिने गर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्