×

NMB BANK
NIC ASIA

सिनेमा

महाकवि देवकोटाले न्वारन गरेको ‘ब्रान्ड विश्वज्योति’ : ‘मल्टिप्लेक्स’को रूपमा कस्तो चल्दैछ ?

माघ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्र क्षेत्रमा एउटा दर्विलो अनि गर्विलो इतिहास बोकेको हल हो विश्वज्योति । राजधानीको जमलमा रहेको यो त्यो हल हो, जसले ६ दशकभन्दा लामो गौरवमय इतिहास बनाइसकेको छ । 

Muktinath Bank

अनि यो त्यो इतिहास बोकेको हल पनि हो, नेपाली चलचित्रमा देशभरका हलबाट आउनेभन्दा विश्वज्योतिबाट धेरै कलेक्सन हुन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले त पुराना चलचित्रकर्मीहरू भन्छन् – त्यसबेला विश्वज्योतिमा चलचित्र लाग्यो भने हिट हुन्थ्यो । त्यस्तो ‘ब्रान्ड’ कसरी बनेको थियो विश्वज्योति ? त्यसका लागि विक्रम संवत् २०१३ सालतिर फर्किनुपर्छ ।


Advertisment
Nabil box
Kumari

भारतको बिहारस्थित मुजफ्फरपुरका गरिबनाथ सराफ साथीहरूसँग पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि काठमाडौं आएका थिए । भारतमा चलचित्र वितरणको काम गर्ने उनको पशुपति घुम्न आएको बखत देवेन्द्र शमशेर, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतसँग भेट भयो । कुराकानीका क्रममा जानकारी पाए, विश्वज्योति हल बन्द हुने अवस्थामा छ ।

Vianet communication
Laxmi Bank

खासमा राजपरिवार, राणा परिवार तथा उच्च पदस्थ वर्गलाई मनोरञ्जन दिलाउने थलोका रूपमा विश्वज्योति खोलिएको थियो ।

देवेन्द्र शमशेरले हल सञ्चालन गर्दथे । त्यसबेला व्यवस्थापकीय कमी–कमजोरीका कारण हल राम्रो नचलेपछि बन्द हुने अवस्थामा पुगेको रहेछ ।

गरिबनाथले सोही हल भाडामा लिएर स्थायी व्यापार गरेर नेपालमै बस्ने सोच बनाए । ‘त्यसपछि बुवाले विश्वज्योति लिजमा लिनुभयो अनि हललाई केही व्यवस्थित बनाएर २०१७ सालबाट पुरानै भवनमा चलचित्र देखाउन शुरू गरिएको हो,’ गरिबनाथका छोरा मोहन सराफ भन्छन् ।

‘विश्वज्योति’को एउटा रोचक तथ्य रहेछ । मोहनका अनुसार ‘विश्वज्योति सिनेमा भवन’ भनेर न्वारन (हलको नामकरण) गर्ने व्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेछन् ।

शुरूआतमा हलको सिट क्षमता ५४७ थियो । त्यसबेला नेपाली चलचित्रहरू बिरलै बन्थे । हिन्दी चलचित्रहरू ल्याएर चलाइन्थ्यो । मोहनका अनुसार त्यसबेला दिनको एक शो मात्र चल्थ्यो । बिदामा कहिलेकाहीँ २/३ शो चल्थ्यो । दर्शकको पनि खडेरी हुन्थ्यो ।

नेपालमै पनि ‘आमा’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’ जस्ता चलचित्रहरू बने । भाडामा लिएर चलाएको हलपछि गरिबनाथले आफैं किन्ने निर्णय गरे । 

तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवन रेखा’ लगायतका केही चलचित्रहरू निर्माण भए । ती चलचित्रहरू विश्वज्योतिमा लामो समयसम्म चले ।

४० को दशकमा निजी क्षेत्रबाट नेपाली चलचित्रहरू निर्माण हुने क्रम बढ्यो । व्यावसायिक रूपमा नेपाली चलचित्रहरू निर्माण हुन थालेपछि विश्वज्योति हलले सधै प्राथमिकताका साथ प्रदर्शन गरेको मोहन सम्झन्छन् । हल खचाखच हुन थालेको केही वर्ष भइसकेको थियो । 

त्यसपश्चात विक्रम संवत् २०४२ सालबाट विश्वज्योतिले नयाँ स्वरूपसहित करीब १२ सय सिट क्षमताको ‘सिंगल थिएटर’ सञ्चालनमा ल्यायो ।

हलको जिम्मेवारी भने विक्रम संवत् २०३७ सालदेखि नै आफूले सम्हाल्न थालेको मोहन स्मरण गर्छन् । उनी भन्छन्, ‘बुवा नेपाल आएर हल शुरू गर्दा म ११ वर्षको थिएँ । पछि उहाँकै प्रेरणाले हलको जिम्मेवारी मैले सम्हाल्न थालेको हुँ ।’

‘कुसुमे रुमाल’ निरन्तर ६ महिना चल्यो

समय यस्तो थियो, विश्वज्योतिमा चलचित्र हेर्न दर्शकहरूको ठेलमठेल हुन्थ्यो । हरेक शोहरू हाउसफूल हुन्थे । अन्य हलमा भन्दा सिट क्षमता निकै धेरै भएका कारण निर्माता एवं निर्देशकहरू पनि विश्वज्योतिमा आफ्नो चलचित्र लगाउन महिनौं कुर्न तयार हुन्थे । 

विश्वज्योतिमा चलचित्र लाग्यो भने लगानी उठ्छ भन्ने बुझाइ मात्र नभई यथार्थता पनि थियो । विश्वज्योतिमा आफ्नो चलचित्र चलेन भने त्यो कलाकारको ‘स्टार भ्यालु’ समेत नभएको मानिन्थ्यो रे !

‘हलमा दर्शकको अत्याधिक भीड लाग्थ्यो । हलबाहिर ब्ल्याकमा टिकट बेच्नेहरूको उस्तै बिगबिगी हुन्थ्यो,’ मोहन सम्झन्छन्, ‘उनीहरू दोब्बरमा टिकट बिक्री गर्थे । ब्ल्याकमा टिकट बिक्री गरेर घर बनाए भन्ने पनि सुनियो । ती कुराहरू सम्झिँदा अहिले कथाजस्तो पो लाग्छ ।’

थुप्रै चलचित्रहरू छन्, जसले विश्वज्योतिमा ५१ र १०० दिन मनाएका छन् । ‘कुसुमे रुमाल, लाहुरे, चिनो जस्ता चलचित्रहरू निरन्तर झण्डै ६ महिनासम्म चलेका थिए,’ मोहन नोस्टाल्जिक हुँदै सुनाउँछन् ।

‘कन्यादान’, ‘सन्तान’, ‘सम्झना’, ‘युगदेखि युगसम्म’, ‘पन्छी’, ‘बलिदान’, ‘दर्पण छायाँ’, ‘करोडपति’ जस्ता थुप्रै चलचित्रहरू विश्वज्योतिमा हप्तौंसम्म प्रदर्शन भएका थिए । 

चलचित्र प्रदर्शन, वितरणसँगै मोहन आफैं निर्माता भएर पनि चलचित्र बनाएका छन् । इतिहास बोकेको चलचित्र ‘चिनो’ र सिनेमा स्कोपमा बनेको पहिलो नेपाली चलचित्र ‘राँको’मा उनी निर्माता थिए ।

विश्वज्योतिले समग्र नेपाली चलचित्रको उत्थान र विकासका लागि निकै ठूलो भूमिका खेलेको चलचित्रकर्मीहरू बताउँछन् । सोही भूमिकाको कदर स्वरूप हलले ‘राष्ट्रिय अवार्ड’ समेत पाइसकेको छ । 

मुहार फेरेको विश्वज्योति, बढ्दैछ चहलपहल

समयक्रमसँगै दर्शकहरूको रोजाइ फेरियो । सिंगल थिएटर बन्द हुँदै गए भने सुविधासम्पन्न मल्टिप्लेक्स हलहरूको लहर शुरू भयो । विश्वज्योति पनि केही वर्ष बन्द भएर यतिबेला मल्टिप्लेक्समा रूपान्तरण भएर सञ्चालनमा आइसकेको छ । पुरानो हललाई भत्काएर त्यसकै आडमा स्थापित ‘विश्वज्योति मल’को पाँचौं तलामा सुविधासम्पन्न हल सञ्चालनमा आएको झण्डै ८ महिना पुगिसकेको छ ।

अत्याधुनिक प्रविधि र सेवा सुविधासहित २ वटा पर्दामा ‘विश्वज्योति सिनेप्लेक्स’ सञ्चालनमा आएको छ । दर्शकको रोजाइलाई बुझेर सुविधासम्पन्न मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको मोहनले बताए । 

कुनै समय नेपाल चलचित्र संघ, चलचित्र विकास बोर्ड लगायतका संघसंस्थामा समेत आवद्ध रहेका उनले अहिले हलको जिम्मेवारी समेत २ छोराहरूलाई सुम्पिइसकेका छन् । रोहनसिंह र रिवाजसिंह सराफले अहिले हल सम्हाल्दै आएका छन् ।

‘बुवाले चलचित्र क्षेत्रमा आफूले सक्दो योगदान गर्नुभयो । मैले आफ्नो उमेरमा योगदान गरें,’ मोहन भन्छन्, ‘अब छोराहरूले योगदान गरून् भन्ने हो ।’ 

रोहनका अनुसार विश्वज्योति मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका २ अडिटोरियम छन् । थ्रीडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधासम्पन्न छ । ‘२ वटा प्रोजेक्टर अत्याधुनिक छ । पर्दाहरू पनि थ्रीडी हो । साउन्ड सिस्टम, सिट सबै कुरा अत्याधुनिक प्रयोग गरेका छौं,’ रोहनले भने, ‘केही कुरामा कम्परमाइज गरेका छैनौं । हिजोको पुरानो विश्वज्योति सुविधासम्पन्न भएर आएको छ ।’

मल्टिप्लेक्सका रूपमा आएसँगै विश्वज्योति फेरि बिस्तारै दर्शकहरूको रोजाइमा पर्दै गएको छ । 

हलमा ‘कबड्डी ४’, ‘झिंगेदाउ’, ‘प्रेम गीत ३’, ‘दुई नम्बरी’, ‘महापुरुष’ लगायतका चलचित्रले राम्रो व्यापार गरे । ‘राम्रो कन्टेन्ट भएको चलचित्र प्रदर्शनमा आउँदा दर्शकहरू पनि राम्रै संख्यामा आउनुभएको छ,’ रोहन भन्छन्, ‘अझै पनि कतिपय दर्शकहरूले विश्वज्योति मल्टिप्लेक्सबारे जानकारी पाउनुभएको छैन होला । आशा छ हलले बिस्तारै एउटा गति लिनेछ ।’ 

विश्वज्योतिमा पछिल्लो समय चलचित्रका विभिन्न कार्यक्रमहरू समेत हुन थालेका छन् । चलचित्र घोषणा, गीत एवं ट्रेलर रिलिज जस्ता कार्यक्रमले पनि विश्वज्योतिमा बिस्तारै–बिस्तारै चहलपहल बढ्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x