०५ साउन २०८३, मंगलबार

सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछः स्वास्थ्यमन्त्री गिरी

सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछः स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बमिा कार्यक्रममा जिल्लाहरूमा समस्याको रुपमा रहेको बताए । बीमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए । 

बीमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफूले सम्बन्धित निकायसँग छलफल गरिसकेको पनि उनले बताए । गरिब जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाइ छ । 

रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गरे । 

मन्त्री गिरीेले सोही अवसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेका थिए । ।

salt training

कमेन्ट गर्नुहोस्