०२ साउन २०८३, शनिबार

प्रोफेसर नहुँदै प्रोफेसर पदको ओहदा प्रयोग गरेको भन्दै उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रोफेसर नहुँदै प्रोफेसर पदको ओहदा प्रयोग गरेको भन्दै उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उपकुलपति नहुँदै उपकुलपतिको गलत ओहदा प्रयोग गरेकोमा वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

'प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको' अभियोगपत्रमा उल्लेख छ।

उक्त कार्यमा ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्