
सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमवार औपचारिक कार्यक्रमको आयोजना गरी एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।
कर्मचारी सञ्चय कोषका सहप्रशासक जीवनकुमार कटवालले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीको समेत उपस्थिति थियो ।
एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग तथा समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ सुविधाहरू प्रदान गर्नेछ ।