मधेश विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।
बहुदरमाई–२ पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासँग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकूलपति डा. दीपक शाक्यले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले २५–३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ ।
बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेश विश्वविद्यालयको शाखा सञ्चालनका लागि जग्गा उपलब्ध सहमति भएको नगरपालिका–२ का वडाध्यक्ष जितेन्द्र पटेलले जानकारी दिए ।
यसअघि पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्नुपर्ने माग त्यहाँका युवाहरूले गरेका थिए ।