२३ असार २०८३, मंगलबार
निक्षेप बढ्दा सहज

बैंकहरूको ऋण प्रवाह ४८ खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा उत्पादन क्षेत्रमा

माघ १०, २०७९
बैंकहरूको ऋण प्रवाह ४८ खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा उत्पादन क्षेत्रमा

बैंक तथा वित्तीय संस्थाहरूले मंसिर मसान्तसम्ममा ४८ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छन् ।

बैंकहरूले ५३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर यस्तो कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको २०७९ माघ ४ गतेसम्मको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा मंसिर मसान्तसम्ममा संकलन भएको निक्षेप तथा कर्जा प्रवाहको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै ४७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तो निक्षेपबाट वाणिज्य बैंकहरूले मात्रै ४२ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

केन्द्रीय बैंकको पछिल्लोतथ्यांक अनुसार पुस मसान्तको तुलनामा माघ ४ गतेसम्ममा ३ अर्ब रुपैयाँले निक्षेप घटिसकेको देखिएको छ । वाणिज्य बैंकहरूले पुस मसान्तको तुलनामा माघ पहिलो हप्ता नै निक्षेपसँगै कर्जा प्रवाह १० अर्ब रुपैयाँले घटाइसकेको पाइएको छ । 

वाणिज्य बैंकहरूले ६ महिनामा बढाए १ खर्ब ७५ अर्ब निक्षेप 

वाणिज्य बैंकहरूले पछिल्लो ६ महिनामा १ खर्ब ७५ अर्ब रुपैयाँले निक्षेप बनाउन सफल भएका छन् । नेपाल बैंकर्स संघले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिना (साउन–मंसिर) मा ३.८५ प्रतिशतले निक्षेप बढाएका छन् । 

वाणिज्य बैंकहरूमा गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ कूल निक्षेप रहेकोमा यस्तो निक्षेप पछिल्लो ६ महिनामा १ खर्ब ७५ अर्बले बढेर ४७ अर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप चालू आवको पहिलो ६ महिनाको तुलनामा गत वर्षको सोही अवधिमा ३.८५ प्रतिशतले बढेको पनि नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए । 

वाणिज्य बैंकहरूको पछिल्लो ६ महिनामा कर्जा प्रवाह भने १ खर्ब ३ अर्ब रुपैयाँले मात्रै बढाएका छन् । बैंकर्स संघको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७५ खर्ब रुपैयाँबाट २.४७ प्रतिशतले बढेर ४२ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । यस्तो कर्जा प्रवाह सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा गएको छ । 

कूल कर्जाको ६७ प्रतिशत उत्पादन क्षेत्रमा मात्रै

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कर्जामध्ये ६७ प्रतिशतभन्दा बढी कर्जा उत्पादनमूलक क्षेत्रमा मात्रै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जाको सबैभन्दा ठूलो हिस्सा उत्पादन क्षेत्रमा गएको छ । यो क्षेत्रमा ४१ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह हुँदा कृषि क्षेत्रमा १५ खर्ब १० अर्ब रुपैयाँ मात्रै गएको छ ।

सरकारले आयात प्रतिबन्ध लगाएको, राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था गरेर कडाइ गरेका कारण यातायात, सञ्चार तथा सार्वजनिक सेवामा प्रवाह भएको ऋण ५८ अर्ब रुपैयाँले घटेको छ । गत वर्ष मंसिरसम्ममा १४ अर्ब ४८ करोड रुपैयाँ कर्जा गएको यो क्षेत्रमा यो वर्ष भने ५८ अर्ब रुपैयाँले कर्जा प्रवाह नै घटेको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । 

केन्द्रीय बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्मको प्रकाशित तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट उठ्न बाँकी कर्जा नै ६१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा गत वर्षको मंसिरसम्ममा ४ खर्ब ३१ अर्ब रुपैयाँ छ ।

पछिल्लो समय बैंकहरूमा तरलता अभाव, बैंकहरूले ऋण प्रवाह रोकेको र विगतका वर्षहरूमा गएको कर्जा उठेका कारण यो वर्षको मंसिरसम्म यस्तो तथ्यांक घट्दै गएको छ । 

बैंकहरूमा तरलता अभाव लामो समयदेखि चर्किरहेको छ । बैंकहरूमा तरलता अभाव भएको र कर्जा प्रवाह अस्वाभाविक रूपमा बढेकाले त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले चालू आवको लागि १२ प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाउने सीमा वाणिज्य बैंकहरूलाई दिएको छ । यस्तो सीमाअनुसार वाणिज्य बैंकहरूले मंसिरसम्ममा ७३ अर्ब ३० करोड रुपैयाँ मात्रै कर्जा बढाएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

वाणिज्य बैंकहरूमा तरलता अभाव र सरकारको राजस्व घटेको भनिए पनि सरकारको विभिन्न बैंकमा रहेका खातामा १ खर्ब ८२ अर्ब ४३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यस्तो नगद मौज्दात २०७९ असार मसान्तमा २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।

मंसिरसम्ममा बैंकहरूले लगानी गरेका ऋण (रकम रु. करोडमा)

 

salt training

कमेन्ट गर्नुहोस्