माघ १८, २०७९
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर...
काठमाडाैं | माघ १०, २०७९
बैंक तथा वित्तीय संस्थाहरूले मंसिर मसान्तसम्ममा ४८ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छन् ।
बैंकहरूले ५३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर यस्तो कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको २०७९ माघ ४ गतेसम्मको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा मंसिर मसान्तसम्ममा संकलन भएको निक्षेप तथा कर्जा प्रवाहको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै ४७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तो निक्षेपबाट वाणिज्य बैंकहरूले मात्रै ४२ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकको पछिल्लोतथ्यांक अनुसार पुस मसान्तको तुलनामा माघ ४ गतेसम्ममा ३ अर्ब रुपैयाँले निक्षेप घटिसकेको देखिएको छ । वाणिज्य बैंकहरूले पुस मसान्तको तुलनामा माघ पहिलो हप्ता नै निक्षेपसँगै कर्जा प्रवाह १० अर्ब रुपैयाँले घटाइसकेको पाइएको छ ।
वाणिज्य बैंकहरूले ६ महिनामा बढाए १ खर्ब ७५ अर्ब निक्षेप
वाणिज्य बैंकहरूले पछिल्लो ६ महिनामा १ खर्ब ७५ अर्ब रुपैयाँले निक्षेप बनाउन सफल भएका छन् । नेपाल बैंकर्स संघले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिना (साउन–मंसिर) मा ३.८५ प्रतिशतले निक्षेप बढाएका छन् ।
वाणिज्य बैंकहरूमा गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ कूल निक्षेप रहेकोमा यस्तो निक्षेप पछिल्लो ६ महिनामा १ खर्ब ७५ अर्बले बढेर ४७ अर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप चालू आवको पहिलो ६ महिनाको तुलनामा गत वर्षको सोही अवधिमा ३.८५ प्रतिशतले बढेको पनि नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए ।
वाणिज्य बैंकहरूको पछिल्लो ६ महिनामा कर्जा प्रवाह भने १ खर्ब ३ अर्ब रुपैयाँले मात्रै बढाएका छन् । बैंकर्स संघको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७५ खर्ब रुपैयाँबाट २.४७ प्रतिशतले बढेर ४२ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । यस्तो कर्जा प्रवाह सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा गएको छ ।
कूल कर्जाको ६७ प्रतिशत उत्पादन क्षेत्रमा मात्रै
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कर्जामध्ये ६७ प्रतिशतभन्दा बढी कर्जा उत्पादनमूलक क्षेत्रमा मात्रै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जाको सबैभन्दा ठूलो हिस्सा उत्पादन क्षेत्रमा गएको छ । यो क्षेत्रमा ४१ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह हुँदा कृषि क्षेत्रमा १५ खर्ब १० अर्ब रुपैयाँ मात्रै गएको छ ।
सरकारले आयात प्रतिबन्ध लगाएको, राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था गरेर कडाइ गरेका कारण यातायात, सञ्चार तथा सार्वजनिक सेवामा प्रवाह भएको ऋण ५८ अर्ब रुपैयाँले घटेको छ । गत वर्ष मंसिरसम्ममा १४ अर्ब ४८ करोड रुपैयाँ कर्जा गएको यो क्षेत्रमा यो वर्ष भने ५८ अर्ब रुपैयाँले कर्जा प्रवाह नै घटेको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्मको प्रकाशित तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट उठ्न बाँकी कर्जा नै ६१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा गत वर्षको मंसिरसम्ममा ४ खर्ब ३१ अर्ब रुपैयाँ छ ।
पछिल्लो समय बैंकहरूमा तरलता अभाव, बैंकहरूले ऋण प्रवाह रोकेको र विगतका वर्षहरूमा गएको कर्जा उठेका कारण यो वर्षको मंसिरसम्म यस्तो तथ्यांक घट्दै गएको छ ।
बैंकहरूमा तरलता अभाव लामो समयदेखि चर्किरहेको छ । बैंकहरूमा तरलता अभाव भएको र कर्जा प्रवाह अस्वाभाविक रूपमा बढेकाले त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले चालू आवको लागि १२ प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाउने सीमा वाणिज्य बैंकहरूलाई दिएको छ । यस्तो सीमाअनुसार वाणिज्य बैंकहरूले मंसिरसम्ममा ७३ अर्ब ३० करोड रुपैयाँ मात्रै कर्जा बढाएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरूमा तरलता अभाव र सरकारको राजस्व घटेको भनिए पनि सरकारको विभिन्न बैंकमा रहेका खातामा १ खर्ब ८२ अर्ब ४३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यस्तो नगद मौज्दात २०७९ असार मसान्तमा २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।
मंसिरसम्ममा बैंकहरूले लगानी गरेका ऋण (रकम रु. करोडमा)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय व...
सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्द...
अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न निर्णय गरेसँगै राज्यको करिब २५ अर्ब जोगिने भएको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो । बजेट खर्च प्रणालीलाई पुन...
अर्थ मन्त्रालयले मंगलवार वार्षिक करीब साढे २४ अर्ब रुपैयाँ खर्च कटौती गर्ने सहितको निर्णय गरेको छ । सार्वजनिक निकाय तथा सरकारी बजेटबाट हुने खर्चमा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले खर्च कटौतीका लागि विभिन्न ...
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...