
बलिउड अभिनेता अजय देवगणले आफ्नो नयाँ फिल्म भोलाको दोस्रो टीजर सार्वजनिक गरेका छन् ।
फिल्ममा अजयसँगै तब्बुको पनि भूमिका छ । यो एक एक्सन फिल्म हो ।
एक मिनेटभन्दा लामो टीजरमा अजयले कालो वस्त्र लगाएर निधारमा सेतो भस्म लगाएको देखिन्छ । उनले दमदार संवाद पनि बोलेको सुनिन्छ ।
टीजरमा प्रहरी अधिकृत बनेकी तब्बुलाई गुण्डाहरूले घिसार्दै लगेको पनि देखिन्छ ।
असन पछिका दृश्यमा अजयले गुण्डाहरूसँग लडिरहेको देखिन्छ । उनले बाइक र ट्रकमा खतरनाक स्टन्ट गरेका छन् ।
फिल्ममा अजय शिवभक्त बनेका छन् । उनले शिवलिंगमा जलअभिषेक गरेको देखिन्छ ।