
भारतको तमिलनाडु राज्यका दुग्ध विकास मन्त्री एम नासरले मंगलवार एक कार्यक्रममा पार्टी कार्यकर्तामाथि ढुंगा प्रहार गरेका छन् ।
द्रविड मुनेत्र कजगमका जिल्ला सचिव समेत रहेका नासरले बस्नका लागि कुर्सी ल्याउन ढिला गरेको भन्दै कार्यकर्तामाथि ढुंगा हानेका हुन् ।
भिडियोमा नासर बेस्सरी रिसाएको र चिच्याएको देखिन्छ । त्यसपछि उनले भुइँबाट ढुंगा उठाएर फालेका थिए । उनले ढुंगा फाल्दा गार्ड र अन्य कार्यकर्ता हाँसेका थिए ।
राज्यका मुख्यमन्त्री एमके स्टालिन सहभागी हुन लागेको कार्यक्रम स्थलको भ्रमण गर्न नासर पुगेका थिए ।
#WATCH | Tamil Nadu Minister SM Nasar throws a stone at party workers in Tiruvallur for delaying in bringing chairs for him to sit pic.twitter.com/Q3f52Zjp7F
— ANI (@ANI) January 24, 2023