२८ असार २०८३, आइतबार

छैठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुने

छैठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुने

आफ्नै नाम, शान र पहिचानसहित सम्पन्न भएको ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण २०२२ सम्पन्न भएको छ । बिगत पाँच बर्षदेखि चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को आयोजना गरिदैं आएको ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताए ।

‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड बिजेता चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गरिएको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।

अवार्ड समापन कार्यक्रममा प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भुवन केसी बिशिष्ठ चलचित्रकर्मी तथा कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रेमराजा महत, रबिन्द्र खड्का, नवल खड्का, मोहन निरौला, शर्मिला मल्ल, बसुन्धरा भुसाल, चैत्य देबी, शर्मिला मल्ल, बिष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुनजंग शाही, दिनेश डीसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतको सहभागीता थियो ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदैं आएको छ । आउँदो ग्लोबल नेपाली फिल्म अवार्ड–२०२३ को छैठौं संस्करण संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा गर्ने आयोजकले बताएको छ । आगामी २०२३ अगष्ट १२ तारिखमा कार्यक्रम गर्ने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले घोषणा गरे ।

अवार्ड समापन कार्यक्रममा बिशिष्ठ संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी हरिबहादुर थापालाइ गेहेन्द्र धिमाल स्मृति अवार्ड, बेष्ट एक्टर अफ द ईयर दिपकराज गिरीलाई प्रदान गरिएको छ । चलचित्रकर्मी, सञ्चारकर्मी तथा स्पोन्सरहरुलाई समेत मायाको चिनो प्रदान गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्