माघ १८, २०७९
गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको सो गीतमा सिवाकोटीसँगै गायिका रिता केसीले आवाज दिएका छन् । शब्द र संगीत रवि म...
आफ्नै नाम, शान र पहिचानसहित सम्पन्न भएको ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण २०२२ सम्पन्न भएको छ । बिगत पाँच बर्षदेखि चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को आयोजना गरिदैं आएको ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताए ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड बिजेता चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गरिएको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।
अवार्ड समापन कार्यक्रममा प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भुवन केसी बिशिष्ठ चलचित्रकर्मी तथा कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रेमराजा महत, रबिन्द्र खड्का, नवल खड्का, मोहन निरौला, शर्मिला मल्ल, बसुन्धरा भुसाल, चैत्य देबी, शर्मिला मल्ल, बिष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुनजंग शाही, दिनेश डीसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतको सहभागीता थियो ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदैं आएको छ । आउँदो ग्लोबल नेपाली फिल्म अवार्ड–२०२३ को छैठौं संस्करण संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा गर्ने आयोजकले बताएको छ । आगामी २०२३ अगष्ट १२ तारिखमा कार्यक्रम गर्ने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले घोषणा गरे ।
अवार्ड समापन कार्यक्रममा बिशिष्ठ संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी हरिबहादुर थापालाइ गेहेन्द्र धिमाल स्मृति अवार्ड, बेष्ट एक्टर अफ द ईयर दिपकराज गिरीलाई प्रदान गरिएको छ । चलचित्रकर्मी, सञ्चारकर्मी तथा स्पोन्सरहरुलाई समेत मायाको चिनो प्रदान गरिएको छ ।
गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको सो गीतमा सिवाकोटीसँगै गायिका रिता केसीले आवाज दिएका छन् । शब्द र संगीत रवि म...
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ र निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ एकैदिन प्रदर्शनमा आउँदैछन् । आगामी फागुनको १९ ...
यही शुक्रवारबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को मंगलवार राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । बेलुका आयोजित प्रिमियरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तदेखि प्रमु...
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । यहीबेला निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र &lsq...
यही शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को टिकट बुकिङ खुला गरिएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रको बुधवारदेखि टिकट बुकिङ खुला गरिएको ह...
नेपाली चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत युटयुब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्रको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको दुई दिनमै लोभलाग्द...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...