×

Nic Asia
Dabur
Prabhu Bank

युक्रेन युद्ध

युक्रेनका विषयमा लचिलो बन्न थालेको हो अमेरिका ?

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Johanna Geron/Drew Angerer/Getty Image
Premier Steels
TVS INSIDE

युक्रेनलाई आफ्नो अब्राम्स ट्यांक दिने अनि जर्मनीलाई लेपर्ड ट्यांक दिन लगाउने निर्णय गरेको भए पनि रुससँगको युद्ध जित्न नसकिने निष्कर्षमा अमेरिका पुग्न थालेको देखिन्छ । 

yONNEX
IME BANK INNEWS

त्यसको संकेत अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले द वाशिङटन पोस्टका स्तम्भकार डेभिड इग्नेसियससँगको कुराकानीमा दिएका छन् । इग्नेसियसले गत मंगलवार (जनवरी २४) मा प्रकाशित गरेको ‘ब्लिन्केन पोन्डर्स द पोस्ट–युक्रेन–वार अर्डर’ शीर्षकको लेखमा युद्धोत्तर युक्रेनको सैन्य सन्तुलनका विषयमा ब्लिन्केनले कुरा राखेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

द वाशिङटन पोस्ट र द न्युयोर्क टाइम्स अमेरिकी संस्थापन पक्षको भित्री सूचना राख्ने सञ्चारमाध्यम भएको तिनमा छापिएका सामग्री अमेरिकी नीतिको विश्लेषणका लागि उपयोगी हुन्छन् । त्यसमाथि इग्नेसियसको आलेखलाई थप गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ किनकि उनले लामो समयदेखि अमेरिकाको परराष्ट्र मन्त्रालयको वस्तुगत मुखपत्रको भूमिका निर्वाह गरिरहेका छन् । उनीसँग कुरा गरेर ब्लिन्केनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन्देश दिन खोजेको निष्कर्ष निकाल्न सकिन्छ । 

गत फेब्रुअरी महिनाबाट शुरू भएको रुसको विशेष सैन्य कारवाहीयता पहिलोपटक अमेरिकाले रुसको सुरक्षा चिन्तालाई सम्बोधन गर्नका लागि लचकता देखाएको इग्नेसियसँगको ब्लिन्केनको कुराकानीले इंगित गर्छ । 


Advertisment
Lokantar App
Saurya island

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले क्राइमिया पनि युक्रेनलाई फर्काइनुपर्ने अडान राखिरहेकोमा त्यस क्षेत्रलाई सैन्य बलमार्फत फर्काउन सम्भव नरहेको कुरामा वाशिङटन विश्वस्त रहेको इग्नेसियासको लेखमा उल्लेख छ । क्राइमिया प्रायद्वीपलाई नियन्त्रणमा लिनका लागि युक्रेनले चलाउने अभियान अयथार्थपरक रहेको अमेरिकी र (कतिपय) युक्रेनी अधिकारीले नै विश्वास गरेका छन् भनी उनी टिप्पणी गर्छन् । 

इग्नेसियसको लेखमा उल्लेख भएअनुसार, युक्रेनी भूमिमा आक्रमण गर्नका लागि रुसले क्राइमियालाई सैन्य अखडाका रूपमा उपयोग नगरेको कुरा महत्त्वपूर्ण छ । 

Vianet communication

क्राइमिया युक्रेनलाई फर्काइनुपर्छ भन्ने धारणा अमेरिकाले राखेको छ तर तत्कालका लागि त्यसमा जोड दिन नहुने पनि भनेको छ । भनाइको मतलब, क्राइमियाका विषयमा अमेरिका लचिलो छ । 

क्राइमियालाई निःशस्त्रीकृत हैसियतमा राख्ने अनि त्यसमाथिको अन्तिम राजनीतिक नियन्त्रणको विषयलाई थाती राख्ने प्रस्ताव रोचक रहेको इग्नेसियस लेख्छन् । क्राइमिया बाहेक डोनबास क्षेत्र, जापोरिजा र खर्सनमा पनि रुसी आधिपत्यलाई स्वीकार गर्ने विषयमा ब्लिन्केन लचिलो बनेको निष्कर्ष निकाल्न सकिने संकेतहरू पाइन्छन् । 

क्राइमियालाई निःशस्त्रीकृत हैसियतमा राख्ने अनि त्यसमाथिको अन्तिम राजनीतिक नियन्त्रणको विषयलाई थाती राख्ने प्रस्ताव रोचक रहेको इग्नेसियस लेख्छन् । क्राइमिया बाहेक डोनबास क्षेत्र, जापोरिजा र खर्सनमा पनि रुसी आधिपत्यलाई स्वीकार गर्ने विषयमा ब्लिन्केन लचिलो बनेको निष्कर्ष निकाल्न सकिने संकेतहरू पाइन्छन् । 

तर युद्धभूमिमा अग्रता हासिल गर्ने युक्रेनको चाहनालाई अमेरिकाले समर्थन गरेको ब्लिन्केनको भनाइ छ । त्यही चाहना पूरा गर्न अमेरिकाले ट्यांक तथा अन्य हतियार युक्रेनलाई उपलब्ध गराएको हो । तथापि, इग्नेसियसकै शब्दमा अमेरिकाको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले त्यसपछिको स्थितिको बारेमा पनि अहिले नै सोचिरहेको छ । 

के हो त त्यो सोच ? इग्नेसियसको लेखमा त्यसको स्पष्ट उल्लेख छैन । तर नीपर नदीबाट पश्चिम, खार्किभबाट उत्तर र दक्षिणमा ओडेसा तथा निकोलाएभसम्म युक्रेनी भूमिलाई निःशस्त्रीकृत क्षेत्र बनाउन अमेरिका लचिलो बनेको देखिन्छ ।

त्यस निष्कर्षलाई पुष्टि गर्ने किसिमको संकेत इग्नेसियसकै लेखमा पाइन्छ । उनी लेख्छन्, ‘पेन्टागनले किएभलाई मनुभर वारफेयरका लागि हतियार र प्रशिक्षण दिनमा जोड दिइरहेको छ । त्यसले युक्रेनलाई गुमेको भूमि पुनः प्राप्त गर्नुका साथै भविष्यमा हुन सक्ने रुसी आक्रमणलाई निवारण समेत गर्नेछ । मनुभर नै भविष्य हो ।’

यहाँ मनुभर वारफेयरका विषयमा बुझ्नु जरूरी छ । शत्रुको कमजोर पक्षलाई पहिचान गरी उसले जोखिम ठानेका विन्दुमा अनपेक्षित रूपमा प्रहार गर्नुलाई युद्धशास्त्रमा मनुभर वारफेयर भनी बुझिन्छ । 

यो एट्रिसन वारफेयरको नितान्त विपरीत धारणा हो । एट्रिसन वारफेयरमा शत्रुको सेना र सैन्य सामग्रीमा भयानक क्षति गरेर शत्रुलाई युद्धभूमिमा थकाउने अनि धराशायी हुन बाध्य बनाउने नीति अपनाइन्छ । अहिले रुस र युक्रेनबीच यही एट्रिसन वारफेयर चलिरहेको छ । 

वास्तवमा रुसलाई सधैंका लागि युक्रेनी भूमिमा लडाएर कमजोर बनाउने अनि त्यसैको बलमा सत्तापरिवर्तन गर्ने अमेरिकाको दाउ थियो । सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत संघलाई हराउन अपनाएको नीति युक्रेनमा दोहोर्‍याउन खोजिएको थियो । 

तर युक्रेनमा रुसले असैन्यीकरण तथा नाजीविहीनीकरणको लक्ष्यलाई क्रमशः हासिल गर्दै जाँदा युक्रेनी भूमिमाथिको आधिपत्य पनि कायम गर्दै लगेको छ । अनि युक्रेनी द्वन्द्वका कारण अमेरिकाका साझेदार युरोपेलीहरूको अर्थतन्त्र डामाडोल बनिरहेको छ र युक्रेन स्वयं पनि धराशायी हुने स्थितिमा पुगेको छ । 

त्यसैले लामो समयसम्म युद्धलाई तन्काउने हिसाबमा वार अफ एट्रिसन गर्नुभन्दा पनि द्रुत गतिको अनपेक्षित आक्रमण गर्ने मनुभर वारफेयरमा युक्रेनलाई लगाउने अमेरिकाको अभीष्ट देखिन्छ । 

त्यही सोचका साथ अमेरिकी अधिकारीहरूले युक्रेनलाई डोनेत्स्क क्षेत्रमा रहेको बाखमुत शहरको प्रतिरक्षामा अल्झेर नबस्न आग्रह गरिरहेका छन् । नीपर नदीभन्दा पश्चिमतर्फ आएर रुसलाई भविष्यमा आक्रमण गर्नबाट निरुत्साहित गर्ने गरी मनुभर वारफेयर गर्न अमेरिकीहरूले सुझाव दिइरहेका छन् । 

अमेरिकीहरूले युक्रेनलाई लामो दूरीको हतियार दिन अनकनाइरहनुको कारण पनि यही हो । नेटोले उपलब्ध गराएको हिमार्स, अब्राम्स र लेपर्ड ट्यांक पश्चिमी युक्रेनको एउटा विन्दुसम्म मात्र उपयोग हुने गरी युक्रेनलाई उपयोग गर्न दिइराखिएको छ । 

त्यसको अर्थ हुन्छ– अमेरिकालाई नीपर नदीको पूर्वी भागको युक्रेनी भूमि युक्रेनले फिर्ता लिने विषयमा शंका छ र पछि उसले युक्रेनलाई रुसको आधिपत्यका विषयमा लचिलो हुन दबाब दिनेछ । तर बाहिर भन्दाखेरी अमेरिकाले युक्रेनको गुमेको भूमि फिर्ता लिनका लागि सहयोग गरिरहने भनेको छ । 

इग्नेसियको लेखमा उल्लेख भएअनुसार, रुसले युक्रेनमा आफ्नो सैन्य अभीष्ट पूरा गर्न पूर्ण विफलता पाएको स्थितिमा अब अमेरिका र उसका साझेदारहरूले युद्धोत्तर युक्रेनको आकारका विषयमा सोच्न थालेका छन् । उनीहरू युक्रेनको भौगोलिक अखण्डतालाई कायम गर्ने गरी न्यायपूर्ण र दिगो शान्ति कसरी कायम गर्ने भनी सोचिरहेका छन् । 

यहाँ हामीले घोत्लिनु जरूरी छ । अमेरिकाले युक्रेनमा रुसको सैन्य अभीष्टलाई कसरी बुझेको छ त ? 

सम्पूर्ण युक्रेन रुसमा मिसियोस् भन्ने चाहना रुसीहरूले राखेको भनी अमेरिकीहरूले व्याख्या गर्ने गरेका छन् । तर पुटिनले विशेष सैन्य कारवाही शुरू गर्दा पूरै युक्रेनमा कब्जा गर्ने लक्ष्य रहेको बताएकै थिएनन् । अनि उनले जुन संख्यामा सैनिकहरू परिचालन गरेका थिए, त्यो सम्पूर्ण युक्रेन नियन्त्रणमा लिन पर्याप्त नै थिएन । 

तर अमेरिकी भाष्यमा सम्पूर्ण युक्रेन हासिल गर्न नसक्नु नै रुसको असफलता हो चाहे रुसीहरूले पूर्वी युक्रेनका विशाल भूभागमा नियन्त्रण कायम गरिसकेका होऊन् । त्यसैले अमेरिकाको नजरमा युक्रेनको बाँकी रहेको भूभागलाई सुरक्षित पार्नु अहिलेको सर्वोत्कृष्ट विकल्प हो । 

रुसले वसन्त याममा नयाँ चरणको आक्रमण थाल्ने अपेक्षा युक्रेन र पश्चिमाहरूले गरिरहेका छन् । त्यस आक्रमणमा पश्चिमी युक्रेनका सैन्य शिविर, एयरफील्ड, हतियार भण्डार, रेलवेका केन्द्र लगायत पनि तारोमा पारिने अपेक्षा गरिएको छ । अहिले युक्रेनको ऊर्जा पूर्वाधारमा लगातार क्षेप्यास्त्र प्रहार गरी जर्जर बनाएको रुसले पश्चिम युक्रेनमा थप आक्रामक कारवाही गरेमा युक्रेनीहरू अहिलेको भन्दा पनि बढी समस्यामा पर्नेछन् । 

त्यसैले रुसको त्यो सम्भावित आक्रमण रोक्न पूर्वी युक्रेनका भूभागीय आधिपत्यका विषयमा लचिलो बन्नका लागि अमेरिका इच्छुक रहेको संकेत डेभिड इग्नेसियससँगको कुराकानीमा ब्लिन्केनले दिएका छन् । 

अमेरिका यस द्वन्द्बाट निस्कन चाहन्छ तर आफू पछि हटेको संसारलाई देखाउन पनि चाहँदैन भन्ने कुरा ब्लिन्केनले इग्नेसियससँग गरेको कुराकानीबाट निष्कर्ष निकाल्न सकिन्छ । 

रुससँगको युद्ध तेस्रो विश्वयुद्धमा परिणत नहोस् भन्ने कुरामा राष्ट्रपति जो बाइडन दृढ रहेको भनी ब्लिन्केनले बताउनु पनि त्यही लचकतालाई पुष्टि गर्ने बयान हो । अनि युक्रेनलाई नेटोको सदस्य बनाउनका लागि अडान राखिरहेको अमेरिकाले अब नेटोको धारा ५ कै जस्तो प्रत्याभूति युक्रेनलाई दिने भनेर युक्रेनको नेटो सदस्यता आकांक्षामा तुषारापात गरिदिएका छन् । 

रुसका विषयमा अन्य लचकतापूर्ण कुरा पनि ब्लिन्केनले इग्नेसियससँग गरेका छन् । क्राइमियामा आक्रमण गर्दा पुटिनले आणविक युद्ध गर्न सक्ने सम्भावनालाई अमेरिकाले विचार गरेको ब्लिन्केनले बताए । अनि रुससँग आणविक बम खसाउने बमवर्षक विमान, सटीक प्रहार गर्ने हतियार तथा सीमित र बृहत् दुवैथरी दायराका आणविक हतियार रहेको कुरालाई पनि अमेरिकाले हेक्का राखेको ब्लिन्केनको भनाइ छ । 

अमेरिका यस द्वन्द्बाट निस्कन चाहन्छ तर आफू पछि हटेको संसारलाई देखाउन पनि चाहँदैन भन्ने कुरा ब्लिन्केनले इग्नेसियससँग गरेको कुराकानीबाट निष्कर्ष निकाल्न सकिन्छ । 

युक्रेनमा युद्ध लम्बिइरहनु अमेरिकाको हितमा छैन भन्ने कुरा त अमेरिकी हतियार उद्योगको फन्डमा चलेको थिंकट्यांक र्‍यान्ड कर्पोरेसनले शुक्रवार (२७ जनवरी) जारी गरेको ‘अभोइडिङ ए लङ वार’ शीर्षकको प्रतिवेदनले पनि बताएको छ । युक्रेनी स्वार्थ र अमेरिकी स्वार्थ पर्यायवाची हैनन् भनी उसले युक्रेन द्वन्द्वबाट अमेरिका हट्नुपर्ने बताएको छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् ।  हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...

चैत ५, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

चैत १२, २०७९

हालैका समयमा भएका केही घटनाक्रमलाई नियाल्दा अमेरिकाले चीनविरुद्धको शीतयुद्धमा भारतलाई अग्रमोर्चाको मुलुकका रूपमा उभ्याउन खोजेको देखिन्छ ।  त्यसतर्फको पहिलो कदमका रूपमा अमेरिकी सिनेटमा दुई साताअघि अरु...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x