×

Nic Asia
Dabur
Prabhu Bank

राष्ट्रपति चुनावको सकस

राष्ट्रपतिमा एमाले नीति : आशंकाबीच माओवादीप्रति नरम, कांग्रेसप्रति झन् गरम

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
फोटो : फेसबूक पेज बालकोट
Premier Steels
TVS INSIDE

राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन । राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा एमाले र कांग्रेसले सबैभन्दा बढी दाबी गरिरहेका बेला माओवादी निर्णायक मतभार लिएर बसेको छ । यसैले दाबेदार दुवै दलले माओवादीलाई विश्वासमा लिने र फकाउने नीति लिएका छन् । 

yONNEX
IME BANK INNEWS

राष्ट्रपति आफ्नो पोल्टामा पार्न तल्लीन भएका कांग्रेस र एमाले एकअर्काप्रति भने आक्रामक बनेका छन् । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद् विघटनसम्म पुर्‍याउन खोजेको भन्दै यसलाई रोक्न विश्वासको मत दिएको जिकिर गर्दै माओवादीलाई फकाउन खोजेको छ । तर ओलीले प्रतिपक्षमा बसेको पार्टीले ढोक्सा थापेको भन्दै कांग्रेसप्रति निरन्तर आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

माओवादीसँगको नयाँ सत्ता समीकरणमा प्रचण्ड प्रधानमन्त्री बन्दा राष्ट्रपति र सभामुख आफूले लिने भनी भएको समझदारी कायम हुनुपर्ने पक्षमा एमाले छ । यसैले कांग्रेसप्रति आक्रामक बन्दै एमालेले माओवादीलाई गाली नगर्ने, तर दबाब बढाउने नीति लिएको छ । 

‘माओवादीले प्रधानमन्त्री लिँदा हामीले राष्ट्रपति र सभामुख लिने समझदारी भएको हो । यहीअनुसार हामी आपसी विश्वासमा अघि बढ्दै आएको छौं,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘तर सरकार गठनको एक महिना नपुग्दै आफ्नो अडानबाट माओवादीले राष्ट्रपतिमा अन्यथा निर्णय गर्छ र कदम उठाउँछ भन्नेमा विश्वास छैन ।’


Advertisment
Lokantar App
Saurya island

उनले कांग्रेसको भूमिकाप्रति आक्रोश व्यक्त गरे । ‘कांग्रेसले आफ्नै कमजोरीले सबै पद गुमाउने स्थिति बनेको हो । आफूलाई प्रतिपक्षी दल भन्ने, विश्वासको मत दिने, राष्ट्रपति ताक्ने र खेलेर भाँड्न खोज्ने कदम उपयुक्त होइन,’ उनले भने ।

ज्ञवालीले शनिवार पाल्पा पुगेका बेला प्रधानमन्त्रीले विश्वासको मत मागे पनि कांग्रेसलाई कुनै वचन नदिएको बताएका थिए ।

Vianet communication
‘माओवादीले प्रधानमन्त्री लिएपछि राष्ट्रपति हामीले भनेको र अघि सारेको पात्र नै हुनुपर्छ भन्नु स्वाभाविक हो । यसबाट कोही पनि तलमाथि हुनु हुँदैन । यो एमालेको सहज र सिधा अडान हो,’ ओलीनिकट स्रोत भन्छ, ‘तर राष्ट्रपति फुत्किएर एमालेबाट जाने अवस्थामा पात्रमा पनि छलफल हुनसक्छ । तर, यसका लागि पनि समय आउनुपर्छ ।’ 

‘विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रपति पाइन्छ कि भनेर आशा गरेको हुन सक्छ । तर प्रधानमन्त्रीले कुनै वचन दिएर विश्वासको मत लिनुभएको हो भन्नेमा हाम्रो विश्वास छैन,’ ज्ञवालीले भनेका थिए, ‘सत्ता गुमाउनु परेपछि कांग्रेसको प्रयत्न राष्ट्रपतिमा भए पनि नयाँ सत्ता समीकरणको सहमति अनुसार एमालेकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ भन्नेमा शंका छैन ।’

एमाले अध्यक्ष ओलीनिकट स्रोत पनि यसअघिकै समझदारीमा राष्ट्रपति एमालेले पाउने दाबी गर्छ । ‘समझदारी नै एमालेले राष्ट्रपति लिने भन्ने छ । यसमा तलमाथि हुनुपर्ने कुरा नै छैन’ ओली निकट स्रोत भन्छ, ‘राष्ट्रपति चुनावको मिति तोकिएपछि उम्मेदवार चयन गर्ने र जिताएर जानेभन्दा अरू विकल्प छैन ।’ 

सबैतिरको सत्ता गुमाउनुपर्दाको छटपटीले कांग्रेसले राष्ट्रपति पाउन सबै प्रयत्न लगाए पनि त्यो सम्भव नहुने उनले दाबी गरे ।

‘स्वाभाविक हिसाबले हेर्दा पनि सत्ता गुमाउनुपर्दा कांग्रेसमा छटपटी देखिएको हो । यसैले छिर्के हानेर राष्ट्रपति पोल्टामा पार्न सकिन्छ कि भन्नेमा उनीहरू लागेका हुन्,’ ओली निकट स्रोत भन्छ, ‘तर फेरि पनि कांग्रेसको मनोकामना पूरा हुँदैन । राष्ट्रपतिमा एमालेको उम्मेदवार नै विजयी हुनेछन् ।’ 

तर कांग्रेसले माओवादीका साथै सत्ता गठबन्धनमा असन्तुष्ट रहेका जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिएर राष्ट्रपति चुनाव आफ्नो पोल्टामा पार्ने नीति बनाएको छ । माओवादीको समर्थन पक्का नहुँदा कांग्रेस ढुक्क बन्ने स्थिति भने छैन ।

पात्रका विषयमा लचक हुन सक्ने एमालेको संकेत 

मुख्यगरी माओवादीले एमालेको हार्डलाइनर पक्ष वा ओलीका असाध्यै निकटका व्यक्तिलाई राष्ट्रपति बनाउन रुचाएको देखिन्न । तर एमालेले ‘शफ्ट’ पात्रलाई अघि सारे अझै पनि एमालेकै उम्मेदवारलाई जिताउने सम्भावनालाई माओवादीले नकारेको छैन ।

ओलीले ईश्वर पोखरेल, डोरमणि पौडेल, केशव बडाल, सत्यनारायण मण्डलजस्ता नेतालाई अघि सारे माओवादीले नमान्ने संकेत दिइसकेको बुझिएको छ । तर सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यजस्ता नेतालाई अघि सार्दा माओवादीको साथ रहने बुझाइमा कतिपय नेताहरू छन् । 

ओलीको पहिलो प्रयत्न आफ्नो टीमका विश्वासिला नेतालाई राष्ट्रपति बनाउने भन्ने नै छ ।

माओवादी बिच्चिएकर कांग्रेसको कित्तामा जाने अवस्थामा मात्रै ओलीले समझदारीमा कुनै ‘शफ्ट’ पात्रलाई अघि सार्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

‘माओवादीले प्रधानमन्त्री लिएपछि राष्ट्रपति हामीले भनेको र अघि सारेको पात्र नै हुनुपर्छ भन्नु स्वाभाविक हो । यसबाट कोही पनि तलमाथि हुनु हुँदैन । यो एमालेको सहज र सिधा अडान हो,’ ओलीनिकट स्रोत भन्छ, ‘तर राष्ट्रपति फुत्किएर एमालेबाट जाने अवस्थामा पात्रमा पनि छलफल हुनसक्छ । तर, यसका लागि पनि समय आउनुपर्छ ।’ 

सरकार बन्दाको समझदारीमा माओवादीले प्रधानमन्त्री लिइसकेपछि आफूले नै भनेको पात्र राष्ट्रपति हुनुपर्ने अडानबाट ओली टसमस हुने तयारीमा अझै छैनन् । 

ओलीमाथि दबाब

राष्ट्रपतिमा आफैंले भनेको पात्रमा सहयात्री दल माओवादी तयार नभए विकल्पमा जानुपर्ने मत एमालेमा छ । आफूहरू अडानमा बस्दा राष्ट्रपतिमा कांग्रेस र माओवादी मिले सरकारमा बस्न पनि नैतिक संकट उत्पन्न हुने बुझाइ एमालेका कतिपय नेताको छ । यसैले अडान लिनेभन्दा सबै विकल्पका निम्ति तयार हुनुपर्ने मत ती नेताहरूले व्यक्त गरिरहेका छन् ।

‘राष्ट्रपतिमा कांग्रेस र माओवादी मिल्ने अवस्था बन्यो भने हामीलाई सरकारमा बस्न पनि नैतिक रूपले गाह्रो छ,’ एमालेका एक नेताले भने, ‘त्यसपछि प्रदेशको सत्तामा हाम्रो पकड गुम्छ । मुख्यमन्त्रीदेखि प्रदेश प्रमुखसम्मको हिस्सा पनि गुम्छ । यसैले अडानमात्रै लिएर बस्नु अघि हामी सबै विकल्पमा तयार हुनुपर्छ ।’ 

आफूहरूले भनेको पात्र नभए माओवादीसँग छलफल गरेर दुवैलाई सहज हुने खालको पात्र खोज्नुपर्ने तर्क उनले गरे ।

‘हामीले भनेको पात्र नहुने अवस्थामा कांग्रेस र माओवादीले भनेको हुन सक्छ । यस्तोमा हाम्रो सबै सत्ता गुम्छ,’ ती नेताले थपे, ‘दुवैको समझदारी हुने पात्र खोज्दा अहिलेकै सत्ता गठबन्धन कायम रहन्छ भने त्यो विकल्पमा पनि हामी तयार हुनुपर्छ । पार्टीमा यो मत पनि छ तर ओली आफ्नै नेतालाई राष्ट्रपति बनाउने मानसिकताबाट टसमस हुनुभएको जस्तो लाग्दैन ।’ 

तर, माओवादीकै शंकास्पद व्यवहार, एक अर्काप्रति आशंका 

पुस १० मा आकस्मिक रूपमा नयाँ सत्ता समीकरण बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भएको थियो । एमालेले माओवादीबाट पूर्व समझदारी अनुसार नै राष्ट्रपति पाउने आशा गरे पनि माओवादीको पछिल्लो व्यवहारले आशंका जन्मिएको छ ।

प्रचण्डले कांग्रेससँग विश्वासको मत माग्नु, राष्ट्रपतिमा समझदारी गरेर जानुपर्ने भन्दै सर्वदलीय बैठक बोलाउनु, स्थायी कमिटी बैठकमा राष्ट्रपतिमा समझदारी कायम गर्नुपर्ने भन्दै मत माग्नुले पनि एमाले सशंकित बनेको छ ।

निर्णायक रहेको माओवादीकै बलमा राष्ट्रपति जित्नुपर्ने भएकाले एमाले माओवादीप्रति आक्रामक देखिएको छैन । आशंकाका बीच उसले माओवादीलाई फकाएरै अगाडि बढ्ने नीति लिएको देखिन्छ । तर माओवादी भने सबै शक्ति एमालेमा थुप्रिने डरले चिन्तित देखिएको छ । राष्ट्रपति र सभामुख एमालेले लिँदा साढे दुई वर्षपछि आलोपालोमा प्रधानमन्त्री पनि एमालेको कित्तामा पुग्नेछ । सरकारमा नेतृत्व फेरबदल हुँदा सभामुख माओवादीले पाउने समझदारी छ । तर प्रधानमन्त्री परिवर्तनजत्तिको सहज सभामुखको हकमा छैन । एमालेले सरकार ढालेर सभामुख राखिरहने विकल्पमा जाने सम्भावना कायम रहन्छ ।

यतिमात्रै होइन प्रधानमन्त्रीबाहेक अहिले अर्थ, गृह (रवि लामिछानेले राजीनामा दिएकाले प्रधानमन्त्रीले लिएका छन्), परराष्ट्र र कानुन जस्ता प्रभावशाली मन्त्रालय पनि माओवादीसँग छैन । यसैले प्रधानमन्त्री हुँदा पनि शक्तिविहीन हुने र प्रधानमन्त्री छाड्दा आफूसँग कुनै शक्ति नहुने भएपछि माओवादीले राष्ट्रपति एमाले बाहिरबाट बनाउने चाहना राखेर समझदारीको प्रयास गरेको हो । तर ओलीले यसअघि नै समझदारी भइसकेको भन्दै एमालेले अघि सार्ने उम्मेदवारमा सहमति गरेर जानुपर्ने बताइसकेका छन् ।

सत्ता साझेदार दलका दुई शीर्ष नेताको फरक–फरक अभिव्यक्तिले कांग्रेस भने उत्साहित बनेको छ । राष्ट्रपति चुनावमा सके आफ्नै नसके प्रचण्डले भनेकै पात्रमा भए पनि सहमति  जनाउँदा वर्तमान सत्ता गठबन्धन टुटेर सत्ताको द्वार खुल्ने अपेक्षा कांग्रेसको छ । 

सभामुख चयनपछि ५ माघमा प्रचण्ड र ओलीले संसद भवन परिसरमै एक घण्टा बढी राष्ट्रपति केन्द्रित छलफल गरेका थिए । छलफलपछि बाहिरिँदा दुवैको बोली फरक–फरक थियो ।  प्रचण्डले समझदारी गरेर राष्ट्रपति टुंग्याउने कुरा गरेका थिए । ‘राष्ट्रपति (निर्वाचन)का लागि अझै समय बाँकी छ । सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिएहुन्थ्यो भन्नेतिर कोशिश गरेका छौं । हामी त्यो कोशिश जारी राख्छौं ।’ 

तर केहीबेरमा निस्किएका ओलीले एमालेले अघि सार्ने उम्मेदवारमा नै सहमति गर्नुको विकल्प नभएको बताएका थिए । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ,’ ओलीले भनेका थिए ।

सत्ता साझेदार दलका दुई शीर्ष नेताको फरक–फरक अभिव्यक्तिले कांग्रेस भने उत्साहित बनेको छ । राष्ट्रपति चुनावमा सके आफ्नै नसके प्रचण्डले भनेकै पात्रमा भए पनि सहमति  जनाउँदा वर्तमान सत्ता गठबन्धन टुटेर सत्ताको द्वार खुल्ने अपेक्षा कांग्रेसको छ । 

एमाले र कांग्रेसले राष्ट्रपतिमा लडाईं गरिरहँदा प्रचण्डका मुख्य दुई दाउ देखिन्छन् । दुईबीचको लडाईंमा बार्गेनिङ गरेर ५ वर्ष नै प्रधानमन्त्री हुने उनको दाउ छ । दुई दलको अडान कायम हुँदा डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्ने विकल्पमा पनि प्रचण्डले विचार गरिरहेको माओवादी स्रोतको दाबी छ । एमालेभित्रैबाट सहज पात्रमा जाने विकल्पलाई पनि प्रचण्डले नकारेको अवस्था छैन ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १२, २०७९

हालैका समयमा भएका केही घटनाक्रमलाई नियाल्दा अमेरिकाले चीनविरुद्धको शीतयुद्धमा भारतलाई अग्रमोर्चाको मुलुकका रूपमा उभ्याउन खोजेको देखिन्छ ।  त्यसतर्फको पहिलो कदमका रूपमा अमेरिकी सिनेटमा दुई साताअघि अरु...

चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

चैत १३, २०७९

इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् ।  हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x