२३ असार २०८३, मंगलबार

एकैदिन रिलिज हुने ‘छड्के २’ र ‘छक्का पञ्जा ४’को प्रचार सामाग्री ट्रेन्डिङमा

एकैदिन रिलिज हुने ‘छड्के २’ र ‘छक्का पञ्जा ४’को प्रचार सामाग्री ट्रेन्डिङमा

दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ र निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ एकैदिन प्रदर्शनमा आउँदैछन् । 

आगामी फागुनको १९ गतेलाई प्रदर्शन मिति तय गरेका दुबै चलचित्रले दर्शकमाझ राम्रो हाइप समेत बनाएका छन् । 

यी चलचित्रका प्रचार सामाग्रीले पाएको भ्युजका आधारमा उक्त कुराको आँकलन गर्न सकिन्छ ।

चलचित्र ‘छड्के २’को पाँच दिनअघि टिजर सार्वजनिक गरिएको थियो, जसले बुधवार बेलुकासम्म १५ लाख ३० हजार प्लस भ्युज पाइसकेको छ । टिजरलाई प्रतिक्रियाहरु पनि राम्रो आइरहेका छन् । यति छोटो समयमा चलचित्रको टिजरले उक्त भ्युज पाउनुलाई राम्रो मान्न सकिन्छ । यसले के कुराको आँकलन गर्न मद्धत गर्छ भने ‘छड्के २’लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् ।

यता, गत सोमबार बेलुका मात्रै चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरियो । यो गीतले यतिबेला युट्युबमा निकै राम्रो भ्युज पाइरहेको छ । दुई दिनमै गीतको भ्युज झण्डै १२ लाख पुगिसकेको छ । बुधवार बेलुका गीत युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा छ ।

यता ‘छड्के २’को टिजर पनि युट्युब ट्रेन्डिङको चौथो नम्बरमा छ । यसअघि ‘छड्के २’को टिजर ट्रेन्डिङको दोस्रो नम्बरमा थियो ।

पछिल्लो समय युट्युबमा चलचित्रको टिजर, ट्रेलर र गीत लगायतको औसत भ्युज घटिरहेको अवस्थामा यी दुबै चलचित्रको प्रचार सामाग्रीले छोटो समयमै पाएको भ्युज निकै लोभलाग्दो हो । यसले दुबै चलचित्रको हाइपलाई मापन गर्न सघाउँछ ।

दुवै चलचित्रको राम्रो हाइप देखिएपनि आशा गरिएका चलचित्रहरु एउटै मितिमा आउँदा असर भने दुवै चलचित्रलाई नै पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा चलचित्रले पाउने शो बाँडिन्छ । जसले चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ । त्यसपछाडिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्