×

NMB BANK
NIC ASIA

महाभूकम्पले जति नेपालीहरूको मन हल्लाएको थियो, सायद त्योभन्दा बढी नेताहरूको मन र  मुटु हल्लिएको हुनुपर्छ । अन्यथा पुनर्गठित संविधान सभाले पनि संविधान निर्माण गर्न नसक्ने निश्चित भइसकेको थियो ।

Muktinath Bank

पहिलो संविधान सभाको ४ वर्षे कार्यकाल त ६०१ जना माननीय सभासद्हरूलाई तलब, भत्ता र थप सुविधा बापतको मोटो रकम बाँड्दैमा सकियो । त्यसपछि जनताको नाममा भनिएको जनयुद्धको राप र तापबाट आएका नेताहरूले ‘लौ यतिले मात्र पुगेन’ भन्दै आफू खुशी २ वर्षे कार्यकाल थपे तर त्यसअवधिमा पनि संविधान निर्माणको नाममा सिन्कोसम्म भाँचिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फलतः मुलुक करीब ६ वर्षको अन्तरालमै ‘एक युगमा एकपटक आउँछ’ भन्ने गरिएको संविधान सभाको निर्वाचनमा पुनः होमिन बाध्य भयो । तथापि बिडम्बना त के भने दोस्रो संविधान सभाको ४ वर्षे कार्यकाल पनि आपसी खिचातानीमै सीमित हुन थाल्यो । एकातिर दशतिर फर्केका नेताहरू दशथरी कुरा निकाल्थे र त्यस्तो होइन यस्तो भन्दै फन्किने गर्थे, अर्कोतिर समय त्यत्तिकै बगेर गइरहेको थियो । सायद नेताहरूको यस किसिमको निकम्मापन प्रकृतिलाई मन परेनछ क्यारे ! महाभूकम्पमार्फत् उनीहरूलाई यसरी झस्काइदियो कि बल्ल उनीहरू जर्‍याकजुरुक उठे र जसैतसै एक थान संविधान जारी गर्न बाध्य भए ।


Advertisment
Nabil box
Kumari

संविधान जारी गर्ने समयताका गोपाल आफू कार्यरत सञ्चारमाध्यमको प्रधान सम्पादकको जिम्मेवारीमा थियो । त्यतिबेला उसकै पत्रिका लगायत विभिन्न सञ्चारमाध्यममार्फत् संविधान सभाले सबैसँग रायसुझाव मागेको थियो । जनताले आ–आफ्ना गाउँठाउँबाट आफूलाई लागेको कुरा लेखेर पठाएका पनि हुन् । तिनमा एक बोराजति त गोपालकै समाचार शाखामा पनि आएको थियो । थाहा छैन, अन्य निकायमा कति जम्मा भएका थिए तर लागू भने ती कुनै पनि भएनन् । किनकि ती सबै ‘हात्तीका दाँत’ थिए । अन्यथा मागिएको सुझावको केही न केही सुनुवाइ हुनुपर्ने हो ।

Vianet communication
Laxmi Bank

आएका सुझावमा अधिकांश हिन्दूराष्ट्रका पक्षमा र धर्मनिरपेक्षताको विरुद्धमा थिए । सुुनुवाइ गर्दा पहिले त्यसैबारे छिनोफानो हुनुपर्ने अवस्था थियो, जुन उनीहरू सुन्नै चाहँदैन्थे । त्यसैले उनीहरूले त्योभन्दा सबैलाई रद्दीको टोकरीमा हाल्नु नै उपयुक्त ठाने । सायद न रहे बाँस न बजे बाँसुरी भनिएको यस्तैलाई हुनुपर्छ । 

जेहोस् संविधान सभाले ध्वनि मतका आधार संविधानका धारा पास गर्‍यो तर भइदियो के भने पहिलो गाँसमै नराम्रोसँग दाँतमा ढुंगा अड्कियो । कारण दक्षिणतर्फका छिमेकीलाई शुरूदेखि नै यताको गतिविधि मन परेको थिएन । उसले संविधान जारी गर्नुपूर्व नै रोक्ने प्रयास पनि नगरेको होइन तर संविधान सभाले त्यसलाई वास्ता गरेन, जसले गर्दा ऊ यति रिसायोे कि त्यसैको निहुँमा असन्तुष्ट केही नेतालाई उचालेर कडा नाकाबन्दी लगायो । फलतः २–२ पटकको संविधानसभा निर्वाचन तथा तिनका नाममा भएका खर्च र भूकम्पका कारण जर्जर बनेको मुलुकी अर्थतन्त्र थप नाजुक हुन पुग्यो । 

यसैका आवरणमा दोस्रो मधेश आन्दोलन भयो । यसैका नाममा मुलुक बल्न थाल्यो । कति जले कति जलाइए । कतिलाई जिउँदै आगो लगाएर मारियो, कैयौलाई भाला रोपेर मारियो । आन्दोलनको नाममा बलेको आगोले २ वर्षे दूधे मुख बालकलाई समेत छाडेन । यस्ता समाचार जस्ताको तस्तै छापिएका कारण आँखाको तारो बन्न पुग्यो गोपाल सरकारको दृष्टिमा । त्यतिबेला उसको विभागीय मन्त्री पूर्वतिरका रिजालथरी कुनै कांग्रेसी नेता थिए । उनी आफैं नाकाबन्दी होइन र नाकाबन्दी भन्न हुन्न भन्ने पक्षमा थिए । एकाधपटक नाकाबन्दी भन्ने शब्द राखेर समाचार नदिनु भन्ने आशयको सर्कुलर नगरेका पनि होइनन् तर गोपालले त्यतातिर ध्यान दिएन । उल्टै पहिलो पेजमै यस्तो अवस्थालाई पनि नाकाबन्दी भन्न नहुने हुने हो भने नाकाबन्दी हुन हावा पनि छिर्न नसक्ने अवस्था सिर्जना हुनुपर्ने हो भन्दै प्रश्नवाचक टिप्पणी ठेलिदियो ।

उसको व्यवहारबाट मन्त्रीजी रिसले आगो भए र झपार्ने निहुँ खोज्न थाले । त्यत्तिकैमा दक्षिण र उत्तरतर्फका छिमेकीद्वयले लिपुलेकतिरबाट अन्तर्राष्ट्रिय व्यापार अघि बढाउने सम्झौता गरे तर नेपाललाई भने जानकारीसम्म दिइएन । जबकि उनीहरूले प्रयोग गर्ने भनेको क्षेत्र नेपालको थियो । यस विषयलाई लिएर व्यवस्थापिका संसदमा व्यापक विरोध भयो । जनप्रतिनिधिहरूले सरकारी प्रतिक्रिया मागे, जसले गर्दा तत्कालीन प्रधानमन्त्री नै बोल्न बाध्य भएका थिए । जनप्रतिनिधिले उठाएको प्रश्न र सरकार बोलेको समाचार दुवै एकै स्थानमा छापियो पहिलो समाचार बनेर तर सरकारले सहजै पचाउन सकेन । यतिबेला विभागीय मन्त्री नै बढी आगो देखिएका थिए । उनलाई के लागेछ कुन्नि ! सायद सरकारी सञ्चारमाध्यम भएर पनि सरकारकै विरोध गर्ने भन्ने पो लागे छ कि कार्यकक्षमै बोलाएर झपारे ।

त्यतिबेला मन्त्रीजी यति क्रुद्ध देखिएका थिए कि भन्ने पनि भने, नभन्ने पनि भने । भन्दाभन्दै भूकम्पले भवन भत्काएको छ, यसैको निहुँमा पत्रिका नै बन्द गर्छु, यसबारे केही गर्नैपर्दैन, एउटा टिप्पणीको खेल हो भन्न समेत भ्याए । त्यसपछि के भएछ कुन्नि सायद धैर्य टुटेछ कि गोपालले पनि मन्त्रीको अगाडि बोल्दैछु भन्नेसम्म बिर्सेछ र कडा प्रतिवाद गर्दै भन्यो –
 
‘मन्त्रीज्यू कि आफैं भ्रममा पर्नुभएको छ कि पारिएको छ जस्तो लाग्यो । यहाँ जे भएको छ, ठीक भएको छ, पत्रकारिताको न्यूनतम मान्यताअनुसार नै भएको छ । न रिपोर्टरले जस्तो ल्यायो त्यस्तै छपियो भन्ने कुरा छ, न सम्पादकले हेरेन भन्ने कुरा छ । जाँची, बुझी, हेरी उचित सम्पादन भएर नै समाचार आएको छ । जहाँसम्म पत्रिका नै बन्द गर्ने भन्ने कुरा छ, त्यो भने मन्त्रीज्यूको अधिकारको कुरा हो, तपाईंको हातमा छ जे पनि गर्न सक्नुहुन्छ तर के चाहिँ हो भने दौराको टुप्पोमा फोहोर लाग्यो भने टक्टक्याउनु वा धुनु नै राम्रो हुनेछ । दौराको टुप्पो नै काट्न त सकिन्छ तर त्यस्ता कार्यलाई बुद्धिमानी भन्न सकिन्न ।’ 

त्यसपछि के लागेछ कुन्नि उनी तत्कालै सय डिग्रीबाट शून्यमा मात्र झरेनन्, प्रेमपूर्वक चिया खुवाएर पठाए । त्यसपछि पनि उनको सचिवालयको तर्फबाट स–सानो कुरामा किचकिच हुन भने छाडेन । कुनै विषय त यस्ता पनि हुन्थे, जुन उनीहरूलाई नै थाहा हुँदैन्थ्यो कि कुन विषय आपत्तिजनक हो भन्ने कुरा । कहिले लेखमा यस्तो भयो भनिन्थ्यो तर त्यसदिन त्यस्तो लेखै छापिएको हुँदैनथ्यो । कहिले समाचारको कुरा गरिन्थ्यो तर त्यसदिन त्यस्तो समाचार नै आएको हुँदैनथ्यो । त्यसपछि भने सिधै मन्त्रीले गरेबाहेक सचिवालयको तर्फबाट आएको फोन उठाउनै छाडिदियो गोपालले । जब उसले वास्ता गर्न छाड्यो, तब उनीहरूका तर्फबाट किचकिच हुन पनि छाड्यो । संसारको नियम पनि कस्तो विचित्र ? जति भाऊ दियो, उति टाउकोमा टेक्न खोज्ने । जति वास्ता नगर्‍यो, उति भाऊ नखोज्ने, के हो यो ? सम्झिँदै कहिले हाँसो उठ्ने गर्छ, कहिले रिस तर पनि दुनियाँ यस्तै छ । यसैगरी चलिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x