×

NMB BANK
NIC ASIA

महोत्सवमा ज्योति मगर आउने भनेपछि अर्घाखाँचीमा १० संस्थाले निकाले संयुक्त विज्ञप्ति

गायिका नपुगेपछि टिकटको पैसा फिर्ता माग्दै दर्शकहरुले गरे नाराबाजी

माघ २२, २०७९

NTC
Premier Steels

आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

Muktinath Bank

माघ ५ गतेदेखि जारी पाँचौं अर्घाखाँची महोत्सवमा हिजो (शनिवार) मुख्य आकर्षकका रुपमा ज्योति मगरको प्रस्तुति तय  थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी आउने तय भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची लगायतका विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ज्योतिको प्रस्तुतिमा आफूहरू सहभागी नहुने घोषणा गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘ज्योति मगर मिठो स्वर भएकी लामो समयदेखि कला साधनामा लागेकी हाम्रै नेपाली चेली हुन् । यसमा हामीलाई गौरव छ । उनले कला क्षेत्रमा गरेको संघर्षको उच्च सम्मान गर्दछौं’ विज्ञप्‍तिमा भनिएको छ, ‘तरपनि प्रत्येक मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा उनले गाउने गीत र नृत्यले नेपाली मौलिक कला, संस्कृतिको पक्षमा सुखद् सन्देश दिन नसकेको हामी सबैलाई विदितै छ ।’

Vianet communication

गायिका मगरलाई बारम्बार उचित सुझाव दिइरहँदा पनि सुझाव ग्रहण नगर्नु र नेपाली संस्कृतिमाथि विकृति फैलाउनु समग्र कला क्षेत्रकै दुखद पक्ष भएको विज्ञप्‍तिमा भनिएको छ । 

विज्ञप्‍तिमा अगाडि लेखिएको छ, ‘त्यसैले उनको कला प्रस्तुतिमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले नेपाली मौलिक कला संस्कृति बचाउन यी र यस्ता कार्यहरुको विरोध गर्दै आज सन्धिखर्कबाट हुन सक्ने असभ्य प्रस्तुतिमा सहभागी नहुने ब्यहोरा अवगत गराउँछौं ।’ 

गायिका ज्योति शनिवार अर्घाखाँची महोत्सवमा सहभागी भने हुन सकिनन् । मौसमको खराबीका कारण फ्लाइट हुन नसक्दा आफू शनिवार अर्घाखाँची पुन नसकेको उनले बताएकी  छिन् । उनको प्रस्तुति अब सोमबारका लागि तय भएको छ । शनिवार महोत्सवमा ज्योति उपस्थित नभएपछि टिकट काटेका स्रोता दर्शकहरुले पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x