०२ साउन २०८३, शनिबार

एनएमबी बैंकले ल्यायो इन्स्टा बाई सेवा

एनएमबी बैंकले ल्यायो इन्स्टा बाई सेवा

एनएमबी बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा–इन्स्टा बाइ लन्च गरेको छ । 

नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ ।

यस सुविधाका साथ, ग्राहकहरूले आफ्ना खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्नेछन्, त्यो पनि न्युनतम ब्याजदरमा । इन्स्टा बाइ मार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि ईएमआईमा रूपान्तरण गर्न सकिने जनाइएको छ ।

‘यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हो,’ बैंकले भनेको छ ।

यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरी, प्रडक्ट एण्ड सर्भिसेसमा क्लीक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कूल महिनाको संख्यासहित विवरणहरू भर्नुपर्नेछ । यो नयाँ फिचरले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले लिएको छ ।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि पत्रिकाद्वारा ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । 

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्