गूगलले बार्ड नामक संवादात्मक च्याटबोट सार्वजनिक गर्ने सोमवार बताएको छ ।
मानिसको लेखाइलाई विश्वसनीय तवरले अनुकरण गर्ने च्याटजीपीटी अत्यन्तै लोकप्रिय भएपछि गूगलले चुनौती अनुभव गरेको हो । माइक्रोसफ्टले च्याटजीपीटीमा अर्बौं रुपैयाँको लगानी गरेको छ र त्यसबाट गूगललाई एआई च्याटबाट ल्याउन दबाब बढेको हो ।
सान फ्रान्सिस्कोका रहेको ओपनएआई कम्पनीले बनाएको च्याटजीपीटीले माग गरेको केही सेकेन्डभित्रै निबन्ध, कविता वा प्रोग्रामिङ कोड लेख्न सकेपछि तहल्का मच्चिएको छ । यसले विभिन्न व्यवसायहरूलाई असान्दर्भिक बनाइदिने खतरा बढेको छ ।
जनवरी महिनामा माइक्रोसफ्टले ओपनएआईलाई सहयोग गर्ने घोषणा गर्दै आफ्नो टीम्स प्ल्याटफर्ममा च्याटजीपीटीका फिचरहरू राख्ने बताएको थियो । माइक्रोसफ्ट अफिस र बिङ सर्च इन्जिनमा पनि यो यापलाई राख्न खोजिँदैछ ।
बिङमा च्याटजीपीटी राखिने सम्भावना बढेपछि गूगलमा दबाब बढेको छ । गूगलको सर्च इन्जिनलाई एआईको शक्तिप्राप्त बिङले ठूलै चुनौती दिने अनुमान गरिँदैछ ।