०५ साउन २०८३, मंगलबार

लोकदोहोरी गीत ’बरको डाली’ सार्बजनिक

लोकदोहोरी गीत ’बरको डाली’ सार्बजनिक

गायक रञ्जित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गीत ’बरको डाली’ म्यूजिक भिडियो सार्बजनिक भएको छ । खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरी गीतमा माया प्रेमका भाबलाई समेटिएको छ ।

सार्बजनिक म्यूजिक भिडियोमा लामो समयदेखि अमेरिकामा बसोबास गर्दैआएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनारको साथमा मोडलद्वय सरिता दनकुटि र जुना कार्कीलाइ त्रिकोणात्मक प्रेम कहानीमा फिचर्ड गरिएको छ । 

गणेश सापकोटाले छायांकन गरेको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर शिब बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । पोखरामा छायांकन गरिएको भिडियोमा मोडल कृष्ण सुनारको अभिनयलाई निखार्दै आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्