२६ असार २०८३, शुक्रबार

चलचित्र क्षेत्रको विकास गर्न रिटायर्ड हुने बेलामा जागिर खान खाएँ - भुवन केसी

चलचित्र क्षेत्रको विकास गर्न रिटायर्ड हुने बेलामा जागिर खान खाएँ - भुवन केसी
फाइल तस्वीर

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन्।   

बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा उनले यस्तो बताए।

अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरू अन्तर्राष्ट्रियस्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको बताए।

उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताए।

उनले भने, ‘नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण चलचित्र ऐन, २०२६ सालमा बनेको थियो, अहिलेसम्म त्यही चलिरहेको छ । त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन । चलचित्र विकास र प्रवर्द्धनका लागि मरिमेटेका छौँ । चलचित्र क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु । चलचित्र क्षेत्रमा केही गर्न सकुँ भनेर नै त्यहाँ गएको हुँ ।'

अध्यक्ष केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाएसरह रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्