२३ असार २०८३, मंगलबार

डाक्टरको हडतालको विरोधमा वीरअगाडि बिरामीका आफन्तको प्रदर्शन

डाक्टरको हडतालको विरोधमा वीरअगाडि बिरामीका आफन्तको प्रदर्शन
फाइल तस्वीर

डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको चिकित्सक संघले गरेको अस्पताल बन्दको विरोधमा बिरामी आफन्त विरोधमा उत्रिएका छन्। 

राष्ट्रपति सवारीका क्रममा हिँडेको भन्दै केही दिनअघि प्रहरीले डाक्टरमाथि हातपात गरेपछि त्यसको विरोधमा संघले देशैभरका सरकारी अस्पतालका अत्यावश्यकबाहेक सेवा आज (आइतबार) बन्द गर्ने निर्णय गरेको थियो। 

तर संघको उक्त निर्णयले बिरामीहरू मारमा परेका भन्दै आफन्तहरूले संघको निर्णयको विरोध गरेका हुन्। 

वीर अस्पतालबाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ । स्वास्थ्य मन्त्रालयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै संघलाई आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्