मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
माघ २९, २०७९
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका ट्रमा सेन्टरका डा. जाफिद आलमले सरकार र चिकित्सकहरूबीच भएको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रवार राष्ट्रपति भण्डारी संसद्मा सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले डा. आलममाथि हातपात गरेका थिए । लोकान्तसँग आइतवार ट्रमा सेन्टरमा कुराकानी गर्दै डा. आलमले आफ्ना विषयहरू नसमेटी वार्ता र सहमति गरेकाले आफूलाई चित्त नबुझेको बताएका हुन् ।
‘माथि टाउकेहरूले आफ्नो हिसाबले वार्ता गर्नुभयो । मेरो विषयमा विज्ञप्तिमा कुनै पनि सम्बोधन भएको छैन,’ डा. आलमले भने, ‘प्रहरीले गरेको हातपातमा मेरा निजी कागजात र धनमाल हराएको छ । त्यस विषयमा पनि कुनै सम्बोधन भएको छैन ।’
उनले ६० हजारको मोबाइल, १ लाख २० हजार पर्ने औंठी, घडी, पर्स र त्यसमा भएका डकुमेन्टहरू हराएको दाबी गर्दै त्यस विषयमा कुनै कुरा उल्लेख नगरी सहमति भएको गुनासो गरेका हुन् । हराएको धनमालबापत क्षतिपूर्ति उपलब्ध हुनुपर्ने उनको माग छ ।
उनले आफूलाई इन्स्पेक्टरले लात हाने पनि तल्लो तहका कर्मचारीलाई मात्र निलम्बन गरिएको गुनासो पनि गरेका छन् । ‘मलाई एस.पी. नाम गरेर इन्स्पेक्टरले बुटले हानेका हुन् । उनलाई कारबाही किन भएन ? उनलाई उम्काउन अरूलाई मात्र कारबाही गरियो,’ डा. आलमले भने ।
काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले उनको मोबाइल घटनास्थलमा भेटिएकाले प्रहरी वृत्त जनसेवामा सुरक्षित राखिएको तर उनले भनेअनुसारका अन्य धनमालका विषयमा जानकारी नभएको बताए ।
‘हामीले घटनाको दिन मोबाइल फेला पारेर प्रहरी वृत्त जनसेवामा सुरक्षित राखेको छौं, तर अन्य विषयमा जानकारी छैन,’ एसएसपी कार्कीले लोकान्तरसँग भने ।
हेर्नुहोस्, भिडियो :
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...