×

NMB BANK
NIC ASIA

नेपालबाट थाइल्याण्ड लागूऔषध चरेश ओसारपसार गर्ने गिरोह सक्रिय भएको पाइएको छ । 

Muktinath Bank

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले आज ४ जना थाई नागरिकसहित २३ किलो ८०० ग्राम चरेशसहित नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले माघ २८ गते पक्राउ गरेर थाई नारिक ४८ बर्षीया योवालुक जुवावश्री, ४२ बर्षीया प्रिचार्ट पुमपुर्क, २४ बर्षीय नाट्टापोल त्रिचिया र १९ बर्षीया नाटनारी त्रिचियालाई आज (मंगलबार) सार्वजनिक गरेको छ ।


Advertisment
Nabil box
Kumari

लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार उनीहरु यसभन्दा अगाडि पनि नेपाल आएर गएको देखिएको छ ।

Vianet communication

उनीहरू पहिलो पटक सन् २०२२ डिसेम्बर १७ गते नेपाल आएर २ दिन बसेर फर्किएको देखिएको छ । उनी दोस्रो पटक माघ २६ गते नेपाल आएका थिए । उनीहरू २ दिन नेपाल बसेर फर्किन लागेको अवस्थामा लगेजमा २३.८ केजी चरेशसहित पक्राउ परेका छन् ।

उनीहरू थाइल्याण्ड एयरलाइन्सबाट नेपाल आएर ठमेलको एउटा होटलमा बसेर फिर्कन लागेका थिए । प्रारम्भिक बयानमा आफूहरूलाई अरू कसैले प्याक गरेर दिएको लगेज लिएर जान लागेको उनीहरूले बताएका एसएसपी खनालले बताए । 

उनीहरूले अघिल्लोचोटि आउँदा लागूऔषध लगेको देखिएको छैन ।

‘अहिलेसम्मको अनुसन्धानमा उनीहरूले अघिल्लो पटक आउँदा लागूऔषध लगेको पुष्टि भएको छैन,’ एसएसपी खनालले भने, ‘उनीहरू पहिलो पटक आउँदा नेपालको एयरपोर्टको सुरक्षा अवस्थाको निगरानी र यहाँ प्रहरीहरूलाई बुझ्न आएको देखिएको छ ।’

यसले नेपालको एयरपोर्टबाट लागूऔषध तस्करी हुन लागेको संकेत देखिएको छ । उनीहरूसँगै आएका नाट्टापोल भने पहिलो पटक नेपाल आएको ब्यूरोले जनाएको छ ।

नेपालमा लागूऔषध सप्लाई गर्ने भारतीय मुख्य नाइके समाइए

लागूऔषध नियन्त्रण ब्यूरोले भारतबाट नेपालमा लागूऔषध सप्लाई मुख्य नाइकेलाई पक्राउ गरेको छ । भारतको बिहार बधुवनी पटनामा बसेर नेपालमा नाइट्राभोट ट्याबलेट, डाइजेपाम र पेनरागन सप्लाई गर्ने मुख्य नाइके फेज अमहदलाई प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ ।

उनले धनुषा औरही–४ बस्ने रिहासद उर्फ अयाज रेजालाई सप्लाई गर्ने गरेको उनले फेरी उनकै तरकारी पसलमा काम गर्ने जाकिर नदाफले सोलुखुम्बुका माप्यदुधकोशी–४ का लाक्पा शेर्पालाई सप्लाई गर्ने गरेको देखिएको एसएसपी विकासराज खनालले बताए ।

उनका अनुसार लाक्पाले काठमाडौंमा डेरा लिएर काठमाडौंका विभिन्न व्यक्तिहरूलाई बिक्री गर्ने गरेको खुलेको छ । रिहासदले तराईबाट काठमाडौं तरकारी पठाउँदा गाडीमा तरकारीको बीचमा राखेर लागूऔषध सप्लाई गर्ने गरेका अनुसन्धानमा देखिएको छ ।

प्रहरी लाक्पा शेर्पाको डेराबाट २० हजार ३ सय नाइट्राभेट र ४ लाख १७ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । प्रहरीले लाक्पालाई पक्राउ गरेर उनलाई अनुसन्धान गर्दा हिसाद, फेज अहमद र जाकिर नदाफ पक्राउ परेका थिए ।

प्रहरीले खैरो हेरोइन ३९ ग्रामसहित मोरङका ३४ वर्षीय रोशन रिसाल र ३५ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक श्रवणकुमार महरालाई पनि पक्राउ गरेको छ । 

पक्राउ परेका उनीहरूलाई प्रहरीले पछिल्लो एक हप्तामा पक्राउ गरेर आज (मंगलबार) सार्वजनिक गरेको हो ।

प्रहरीले बरामद गरेको चरेशको अवैध मूल्य प्रतिकेजी ३५ हजारका दरले ८ लाख ३३ हजार, बरामद एम्पुलहरूको मूल्य ३४ लाख १० हजार, नाइट्राभेट ट्याबलेटको मूल्य ३ लाख ८८ हजार ५ सय र खैरो हेरोइनको मूल्य ५ लाख १० रहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x