
फागुन ११ गतेदेखि मोरङमा १२ औँ पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।
५ पटक मात्रै खुवाउनु पर्ने भए पनि लक्ष्यअनुसार फागुन ११ गतेबाट हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने भएको हो।
मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान शुरु गरिने भएको हो । अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।
मोरङमा औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९५७ जना छन् ।
तीमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
मोरङमा हात्तीपाइलेविरुद्ध १२ औँ चरणको अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
हात्तीपाइलेलाई निर्मूल पार्न यो वर्ष घर–घरमा पुगेर औषधि खुवाइने उनले जानकारी दिए ।
अभियान सञ्चालनका लागि २ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालित हुनेछन् । मोरङमा ११२ जना हात्तीपाइलेका बिरामी छन् ।