×

NMB BANK
NIC ASIA

रहस्यको गर्भमै इतिहास– जंगलको बीचमा ठिङ्ग उभिएको काँक्रेविहारबारे कैयौं प्रश्नहरू अनुत्तरित

फागुन ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत उपत्यकाको मध्यभागमा अग्लो स्थान, जहाँ १७५ हेक्टर क्षेत्रफलमा घना जंगल फैलिएको छ । जंगलभित्र हजारौं वर्ष पुरानो पुरातात्विक सम्पदा काँक्रेविहार अवस्थित रहेकै कारण यसैबाट वन क्षेत्रको नामकरण गरिएको हो ।

Muktinath Bank

वर्षाैंसम्म भग्नावशेष रहेको काँक्रेविहारको पुनर्निर्माणपछि आकर्षक एवं हेर्नलायक ठाउँ बन्न पुगेको छ । कर्णाली प्रदेशकै प्रमुख गन्तव्यमा पर्ने काँक्रेविहार कहिले बन्यो, कहिले भत्कियो, कसरी भत्कियो भन्ने रहस्यमै छ । पुरातत्व विभागले भग्नावशेष उत्खनन् गर्दा समेत यससम्बन्धी कुनै प्रमाण फेला परेनन् । पुरातत्वविद् र अनुसन्धानकर्ताहरूले लामो अन्वेषण गर्दा समेत कसरी भत्कियो भन्नेमा वास्तविक तथ्य फेला परेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसैले भूकम्पका कारण त कसैले मुसलमान राजा, हिन्दू राजाको आक्रमणबाट भत्किएको दाबी गर्ने गरेका छन् तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन । यति मात्र होइन, यहाँ मन्दिर, विहार, दरबार वा अरु केही थियो भन्ने तथ्यगत प्रमाण छैन ।


Advertisment
Nabil box
Kumari

काँक्रेविहार पुरातात्विक स्थलको २०५७ देखि भग्नावशेष उत्खनन् र २०७२ सालदेखि पुनर्निर्माणको काम थालिएको थियो । ८ करोड १८ लाख रुपैयाँ लागतमा पुरानै शिखर शैलीमा यसको पुनर्निर्माण भएको हो । भग्नावशेषबाट ठूल्ठूला कलात्मक ढुंगा उत्खनन् गरिएको थियो । ती ढुंगाहरूमा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका आकृति कुँदिएका छन् ।

Vianet communication
Laxmi Bank

भक्तपुरबाट झिकाइएका मूर्तिकार र कालीगढको समूहबाट जंगलमा यत्रतत्र छरिएका कलात्मक ढुंगालाई जोडेर झण्डै २२ फिट अग्लो विहारको पुनर्निर्माण गरिएको हो । पुरातात्विक खण्डहर उत्खनन् गर्दा यहाँ २ हजार बढी ढुंगा फेला परेका थिए । लेउ लागेका, जमिनमुनि गाडिएका ढुंगालाई सफा गरेर काँक्रेविहारमा जोडिएको छ । अझै कतिपय अचम्मका कला आकृति भएका ढुंगाहरू त्यही छरिएकै अवस्थामा छन् ।

तत्कालीन सिञ्जा (जुम्ला) राज्यका राजा अशोक चल्लको पालामा १३२५ तिर काँक्रेविहार बनेको अनुमान छ । उनी विक्रम संवत् १३१२ देखि १३३५ सम्म सिञ्जाका राजा थिए । इतिहासकार डा. सूर्यमणि अधिकारीको पुस्तक ‘खस साम्राज्यको इतिहास’मा काँक्रेविहार विक्रम संवत् १८९० सालको भूकम्पमा ढलेको उल्लेख छ तर यो दाबीमा अन्य अध्येता र इतिहासकारहरू सहमत छैनन् ।

‘पुराना लिखत पत्र नभईकन १८९० को भूकम्पमा ढलेको दाबी गर्न सकिँदैन, भूकम्पले क्षति भएको भए कतै न कतै कुनै अभिलेख भेटिन्थ्यो, त्यतिबेला पत्रचार, उर्दी आदेश, लालमोहर पद्धतिको विकास भइसकेको थियो,’ कर्णाली सम्पदाका अध्येता जुम्ला तातोपानी गाउँपालिका निवासी माधव चौलागाई भन्छन्, ‘बरु विक्रम संवत् १५६२ सालको महाभूकम्पका कारण भत्किएको हुनसक्छ, युद्ध वा आक्रमणबाट भए ढुंगाहरू त्यति टाढा उछिट्टिने थिएनन्, प्रकृति हेर्दा भूकम्पमा ढलेको जस्तो देखिन्छ ।’

उनका अनुसार विसं १५६२ को डोल्पाको साल्दाङ्ग केन्द्रबिन्द भएर गएको ८.२ रेक्टर स्कूलको भूकम्प गएको थियो । यसलाई भारतीय उपमहाद्विप क्षेत्रमा गएको अहिलेसम्मकै ठूलो भूकम्प मानिएको छ । काँक्रेविहार निर्माण खस राजाकै पालामा हुनसक्ने उनको ठम्याइ छ । ‘त्यतिबेला ठूल्ठूला ढुंगा कुँदेर देवल, गढीजस्ता संरचनाहरू बनाउने टे«न्ड थियो,’ चौलागाईं भन्छन् । 

अधिकांश अध्येताहरूले इतिहासकार डा. सूर्यमणि अधिकारी, योगी नरहरिनाथ र विश्व केसीका पुस्तकलाई आधार मान्ने गरेका छन् । बुद्ध धर्म संस्कृतिका जानकार वीरेन्द्रनगर–९ लाटीकोइली निवासी जीवनकुमार शाक्य पुरातत्व विभागले स्थानीयवासीको रोहबरमा उत्खनन् नगर्नुलाई कमजोरी ठान्छन् । ‘उत्खनन् गर्दा केही तथ्य भेटिएन, यस हिसाबले झन् रहस्यमय भयो,’ उनी भन्छन्, ‘पछिल्लोपटक बुद्ध विहारलाई जबरजस्ती हिन्दू मन्दिरमा परिणत गर्दै इतिहासको तोडमोड गर्ने गरिएको छ । यहाँ बुद्धका विभिन्न आसनका आकृतिहरू छन् ।’

बुद्ध धर्मका अभियन्ता शाक्यका अनुसार खस राज्यमा बौद्ध धर्म उत्कर्षमा थियो । राजा क्रचल्ल र अशोक चल्लको पालामा यो धेरै फैलिएको थियो । जगद्गुरु शंकराचार्यले बुद्ध धर्मलाई निस्तेज पार्न बौद्ध गुम्बा, विहार, स्तुपाहरू नष्ट गर्दै भारतबाट यही बाटो भएर तिब्बत प्रस्थान गरेको र जुम्लाको गुम्बालाई दत्तात्रयको मन्दिरमा परिणत गरेको शाक्यले ‘सुर्खेतः एक चिनारी’ पुस्तकमा उल्लेख गरेका छन् । उनको तर्क छ, ‘यदि मुसलमानको आक्रमणमा परेको भए हिन्दुका अरु संरचनाहरुमा पनि क्षति पुग्थ्यो होला, त्यस्तो अरु केही देखिन्न् ।’ कुनै बौद्ध राजाले आफू सुरक्षित हुन विहार बनाएर बसेको हुन सक्ने शाक्यको अनुमान छ ।  

काँक्रेविहारमा हिन्दु र बौद्ध धर्म संस्कृतिसम्बन्धी आकृतिहरू हुँदा धेरैले दुवै धर्मको आस्थाको केन्द्रका रूपमा अथ्र्याउने गर्छन् । कतिपयले दोस्रो लुम्बिनीको उपमा समेत दिने गरेका छन् । विभिन्न आकृतिमा कुँदिएका ढुंगाहरूले बनेको हुनाले पनि काँक्रेविहार कर्णाली घुम्न आउनेहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । यो हेर्न बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । जंगलको बीचमा ठिङ्ग उभिएको अनौठो प्रकारको सम्पदाले आगन्तुक मुग्ध पार्ने गरेको छ ।

पुनर्निर्माणपछि कर्णाली आउने हरेक विशिष्ट व्यक्तिका साथै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँ पर्ने गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ का अध्यक्ष ऋषि गिरी कलात्मक ढुंगैढुंगा जोडेर बनेकाले यसले धेरैको मन लोभ्याउने गरेको बताउँछन् । ‘काँक्रेविहार भव्य र सुन्दर सम्पदा हो, यसको महत्त्व धेरै छ,’ उनी भन्छन्, ‘ऐतिहासिक तथ्यहरूमा एकमत नभए पनि यसको संरक्षण, संर्वद्धन एवं प्रर्वद्धनमा स्थानीय हिन्दु, बौद्ध धर्मावलम्बीहरूबीच आपसी सहिष्णुताको भावना जागृत भएको छ ।’ यसको रेखदेख वडा कार्यालयले गर्दै आएको छ ।

थप आकर्षणका लागि काँक्रेविहार परिसरमा घोडा चढ्ने व्यवस्था मिलाइएको छ । पहिले भग्नावशेष देखेकाहरू पुनर्निर्माणपछि दंग परेर फर्किने गरेका छन् । हेर्न आउने सबैको मनमा उस्तै–उस्तै जिज्ञासा हुन्छ । कसले बनायो होला ? कसरी–किन बनाए होलान् ? किन–कसरी भत्कियो होला ? यिनै अनुत्तरित प्रश्नलाई रहस्यको गर्भमै राखेर घना जंगलको बीचमा एक्लै ठिङ्ग उभिएको छ काँक्रेविहार । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x