२० असार २०८३, शनिबार

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा

‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो पारिवारिक फिल्म हो । 

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

विपिनले फिल्ममा अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

उपेन्द्र सुब्बाको लेखन, कमल किशोर माल्पानीको कथा एवं परिकल्पना रहेको फिल्मको निर्माता मनिष ढकाल हुन् ।

बिहीवार राजधानीमा गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्मको ट्रेलर

salt training

कमेन्ट गर्नुहोस्