कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | फागुन ९, २०७९
एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को वास्तविक र सिटरोलमा उल्लेख जन्ममिति फरक रहेको पाइएको छ ।
लोकान्तरलाई प्राप्त विवरणअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीका प्रमुख एआईजी दिवेश लोहनी तथा अन्य ७ डीआईजीको जन्ममिति फरक परेको हो ।
एआईजी लोहनीको जन्ममिति ६ महिना २६ दिन फरक परेको छ ।
उनका अलावा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू नलप्रसाद उपाध्यायको ६ महिना १४ दिन, मसउद आलम खाँको ५ महिना १ दिन, अशोक सिंहको १ वर्ष ६ महिना २४ दिन, श्यामलाल ज्ञवालीको ५ महिना ५ दिन, किरण बज्राचार्यको २९ दिन, भीमप्रसाद ढकालको १ वर्ष र किरण राणाको १ दिन जन्ममिति फरक परेको पाइएको हो ।
एआईजी लोहनीको नागरिकतामा भएको जन्ममिति २०२५ वैशाख १५ गते हो । प्रहरीको सिटरोल र शैक्षिक प्रमाणपत्रमा २०२४ असोज २९ गते उल्लेख रहेको लोकान्तरलाई प्राप्त तथ्यांकमा देखिन्छ ।
डीआईजी नलप्रसाद उपाध्यायको नागरिकताको जन्ममिति २०२४ साल भदौ १९ गते हो भने शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२४ फागुन ३ गते उल्लेख छ ।
डीआईजी मसाउद आलम खाँको नागरिकताको जन्ममिति २०२५ चैत १३ गते हो भने शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ कार्तिक ११ गते उल्लेख छ ।
यस्तै डीआईजी अशोक सिंहको शैक्षिक योग्यतामा २०२५ पुस १६ गते उल्लेख छ भने नागरिकतामा २०४२ जेठ २२ गते १८ वर्ष पुगेको देखिएको छ । त्यसको अर्थ उनी कम्तीमा पनि २०२४ जेठ २२ गते जन्मिएको भन्ने हुन्छ ।
डीआईजी श्यामलाल ज्ञवालीको जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ देखिएको छ ।
डीआईजी किरण बज्राचार्यको शैक्षिक योग्यतामा २०२५ मंसिर १७ र नागरिकतामा २०२५ साल पुस १६ गते जन्ममिति उल्लेख छ ।
डीआईजी भीमप्रसाद ढकालको शैक्षिक योग्यतामा २०२५ मंसिर २८ र नागरिकतामा २०२४ मंसिर २८ देखिएको छ ।
डीआईजी किरण राणाको शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ कार्तिक १७ गते र नागरिकतामा कार्तिक १८ गते जन्ममिति उल्लेख छ ।
पछिल्लो समय डीआईजी अशोक सिंहको शैक्षिक योग्यता, नागरिकता र प्रहरीको सिटरोलमा भएको जन्ममिति फरक परेसँगै विवाद सतहमा आएको छ । यसले कानून पालना गराउने निकाय प्रहरीमै जन्ममिति लगायतमा समस्या देखिएको भन्दै प्रश्नहरू उठेका छन् ।
सञ्चार माध्यममा समाचारहरू प्रकाशन भएपछि गृहमन्त्रालय र प्रहरीको कानून विभागले प्रहरी किताब खानासँग छलफल गरेको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।
‘यस विषयको सत्यतथ्य के हो भन्ने विषयमा प्रहरी किताब खाना, कानून विभाग र मन्त्रालयको टोलीले आइतवार छलफल गरेको थियो,’ स्रोतले लोकान्तरलाई भन्यो ।
सरकारी कर्मचारीहरूको नागरिकता विवादमा सर्वोच्च अदालतले विभिन्न समयमा विभिन्न निर्णयहरू गरेको छ । सर्वोच्चकै नजिर बाझिएको अवस्था छ ।
२०६४ साल असार १२ गते विद्युत् प्राधिकरण तालिम केन्द्र विभागका निर्देशक ठाकुरराज पाण्डेको मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले यदि सिटरोल, नागरिकताको प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा छुट्टाछुट्टै जन्ममिति देखिएमा शैक्षिक योग्यतालाई आधार मानेर अवकाश दिनुपर्ने आदेश सुनाएको थियो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बलराम केसी र पवनकुमार ओझाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।
वरिष्ठ अधिवक्ता सुनिल पोखरेल सरकारले मान्यता दिएको पहिलो डकुमेन्टलाई आधार मान्नुपर्ने तर्क गर्छन् । नागरिकताभन्दा शैक्षिक प्रमाणपत्र पहिला हुने उनको तर्क छ ।
‘शैक्षिक प्रमाणपत्र पहिलो सरकारी डकुमेन्ट हो । शैक्षिक प्रमाणपत्रका आधारमा नागरिकताको विवरण परिवर्तन गर्न सकिन्छ, तर नागरिकताका आधारमा शैक्षिक प्रमाणपत्र भने परिवर्तन हुँदैन,’ वरिष्ठ अधिवक्ता पोखरेलले लोकान्तरसँग भने ।
सरकारी कर्मचारीहरूमा विवाद देखिएको खण्डमा सरकारको पहिलो डकुमेन्टलाई नै आधार मान्नुपर्ने सर्वोच्चको नजिर रहेको उनको भनाइ छ ।
फेरि सर्वोच्च अदालतले पछिल्ला केही फैसलामा शैक्षिक योग्यता, नागरिकतालगायत कागजातमा समस्या देखिएमा पहिला जुन जन्ममिति आउँछ, त्यसैलाई आधार मान्नुपर्ने उल्लेख गरेको छ ।
अधिवक्ता मुरारी सापकोटाका अनुसार अदालतको नै २ थरी फैसला सुनाएकाले कुनलाई आधार मान्ने भन्ने विषयमा अझै अन्योल छ ।
‘पुराना फैसलामा शैक्षिक योग्यतालाई आधार मान्नू भन्ने उल्लेख छन्, तर पछिल्ला फैसलामा जुन जन्ममिति पहिला आउँछ, त्यसैलाई मान्नू भनिएको छ,’ अधिवक्ता सापकोटाले भने ।
के छ प्रहरी नियमावलीमा ?
सिटरोल, शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा फरक–फरक जन्ममिति उल्लेख भएको पाइएमा जुन मिति पहिला हुन्छ, त्यसैलाई आधार मानेर अवकाश दिनुपर्ने व्यवस्था प्रहरी नियमावलीमा स्पष्टसँग उल्लेख गरिएको छ । नियमावलीको नियम १२७ (२) खण्ड (क)मा अवकाश दिने व्यवस्थाबारे प्रस्ट पार्दै भनिएको छ–
सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरणमा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिको आधारमा ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...