×

NIC ASIA

सत्ता गठबन्धनमा हेरफेर

एमाले बाहिरिएपछि सरकारमा सहभागी हुनेबारे के भन्छन् कांग्रेस प्रवक्ता ?

फागुन १५, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएको छ ।

Muktinath Bank

पुरानो गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुरानो गठबन्धन तोड्नका लागि ७९ सिट जितेको एमालेले ३२ सिटको माओवादीलाई प्रधानमन्त्री बनाएको थियो तर प्रचण्ड प्रधानमन्त्री बनेको ६३ दिनमै मुख्य साझेदार एमाले सरकारबाट बाहिरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ तर पुस २६ गतेमा कांग्रेसले माओवादीसँग सम्बन्ध सुधार गर्दै गएपछि एमाले र माओवादीबीच सम्बन्ध बिग्रिँदै गयो । 


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धन एकातिर भए पनि पुस १३ गते माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि पुरानो सत्ता गठबन्धन भत्किने डिलमा पुगेको थियो ।

Vianet communication

१४ सिट भएको राप्रपा फागुन १३ गतेमै सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएको थियो । ७९ सिट भएको एमाले पनि सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरण हुने देखिएको छ ।

यससँगै कांग्रेसलाई सत्तामा जाने अवसर उत्पन्न भएको छ । 

एमाले बाहिरिएपछि अब के गर्ने भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ राजनीतिक परिस्थितिमा अब ८ दलबीच छलफल गरेर अगाडि बढ्ने जानकारी दिए । 

‘एमाले सरकारबाट फिर्ता भएपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । अब कसरी जाने भनेर प्रधानमन्त्रीले पहल गर्नुहोला,’ महतले भने, ‘अब ८ दलको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।’

कांग्रेस तत्काल सरकारमा जाने हो भन्ने प्रश्नमा महतले पार्टी नेतृत्वले छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

राष्ट्रपतिमा एक ठाउँमा उभिएका कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको अब नयाँ सत्ता समीकरण पनि बन्ने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x