१७ असार २०८३, बुधबार
सत्ता गठबन्धनमा हेरफेर

एमाले बाहिरिएपछि सरकारमा सहभागी हुनेबारे के भन्छन् कांग्रेस प्रवक्ता ?

फागुन १५, २०७९
एमाले बाहिरिएपछि सरकारमा सहभागी हुनेबारे के भन्छन् कांग्रेस प्रवक्ता ?

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएको छ ।

पुरानो गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुरानो गठबन्धन तोड्नका लागि ७९ सिट जितेको एमालेले ३२ सिटको माओवादीलाई प्रधानमन्त्री बनाएको थियो तर प्रचण्ड प्रधानमन्त्री बनेको ६३ दिनमै मुख्य साझेदार एमाले सरकारबाट बाहिरिएको छ । 

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ तर पुस २६ गतेमा कांग्रेसले माओवादीसँग सम्बन्ध सुधार गर्दै गएपछि एमाले र माओवादीबीच सम्बन्ध बिग्रिँदै गयो । 

सत्ता गठबन्धन एकातिर भए पनि पुस १३ गते माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि पुरानो सत्ता गठबन्धन भत्किने डिलमा पुगेको थियो ।

१४ सिट भएको राप्रपा फागुन १३ गतेमै सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएको थियो । ७९ सिट भएको एमाले पनि सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरण हुने देखिएको छ ।

यससँगै कांग्रेसलाई सत्तामा जाने अवसर उत्पन्न भएको छ । 

एमाले बाहिरिएपछि अब के गर्ने भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ राजनीतिक परिस्थितिमा अब ८ दलबीच छलफल गरेर अगाडि बढ्ने जानकारी दिए । 

‘एमाले सरकारबाट फिर्ता भएपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । अब कसरी जाने भनेर प्रधानमन्त्रीले पहल गर्नुहोला,’ महतले भने, ‘अब ८ दलको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।’

कांग्रेस तत्काल सरकारमा जाने हो भन्ने प्रश्नमा महतले पार्टी नेतृत्वले छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

राष्ट्रपतिमा एक ठाउँमा उभिएका कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको अब नयाँ सत्ता समीकरण पनि बन्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्